(महेन्द्र सिंह)
बाँके । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का जीतबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले थारुलाई नौ वर्ष आठ महिना २२ दिन कैद सजाय तोकेको थियो ।
२०७७ चैत्र २२ गतेको यो फैसला पछि थारु फरार रहेका थिए ।