२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिरगंजमा २ महिला सहित ७७ जनाले गरे रक्तदान

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

(ABC-Sanchar)
बिरगंज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ को आयोजना नेपाल आराधना समाज बीरगंज र राईजिङ्ग बिरगंज नेपालको सहयोगमा “समुदाय साझेदारी कार्यक्रम” अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न भयो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ का अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराई ज्यूको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्साको कार्यालय प्रमुख प्रहरी उपरिक्षक वेल बहादुर पाण्डे ज्यू,को प्रमुख आतिथ्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्र.नि. सुमन कार्की, बिरगंज महानगरपालिका वडा न ३ का वडा अध्यक्ष बैजु स्वर्णकार , नेपाल आराधना समाजका सिस्टर ट्रेशा, डा. मनोज कुमार गुप्ता, अवधेश प्रसाद साह , माईती नेपालका संगिता पुरी, नेपाल रेडक्रस सोसाईटी पर्साका संयोजक मधु राणा, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतन, राईजिङ्ग बिरगंज नेपालका पदाधिकारीहरु , पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधी, स्थानिय समाज सेवी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको सम्पुर्ण पदाधिकारीहरुको उपस्थितिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा दिया साह, दुर्गा देवी सुबेदी, सर्फलाल प्रसाद यादव, राजकरण यादव, हरेराम राउत कुर्मी, शेष जुनेद, कृष्ण कुमार साह, सम्साद अलि लगायत २ महिला सहित ७७ जनाले रक्तदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]