
(महेन्द्र सिंह)
बर्दिया । प्रहरीले भन्सार छली अबैध रुपमा ल्याउदै गरेको १६ जिउ राँगा प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुलरिया नगरपालिका–८ स्थित पशुहाट बजार नजिकबाट प्रहरीले राँगा नियन्त्रणमा लिएको हो । भारतबाट अबैध रुपमा ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा कागजपत्र केही नभेटिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
गुलरिया नगरपालिका–११ बस्ने ३३ वर्षिय अब्दुल सलाम र २४ वर्षिय वसिम गद्दीसहित १६ जिउ राँगा मुल्य रु ८ लाख बराबरको पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रहरीले नियन्त्रणमा लिएको राँगासहित मानिसलाई राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।