(ABC-Sanchar)
धनगढी । मोटरसाइकल चोरी गरी ल्याएका तीन जना कृष्णपुर नगरपालिका २ बाणिबाट बिहीबार खुकुरीसहित पक्राउ परेका छन् ।
कैलालीको धनगढीबाट मोटरसाइकल चोरी गरेर ल्याएका कृष्णपुर नगरपालिका २ का रोहित चौधरी, भीमदत्त नगरपालिका १९ बागफाँटाका सुशील चौधरी र अनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले शंका लागेर जाँच गर्दा सुपप्र ०१–००९ प १७९ नम्बरको पल्सर(एक सय सिसि)को मोटरसाइकल चोरी गरी ल्याएको खुलेको छ ।
प्रहरीले उनीहरुसित भेटिएको मोटरसाइकल कैलालीको धनगढी उप–महानगरपालिकाका ४ मा बस्दै आएका गणेश बहादुर विकको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।
बुधबार राति १२ बजे मोटरसाइकल चोरी गरेर ल्याएको बुझिएको उनले बताए । पक्राउ परेका तीनै जनालाई मोटरसाइल र बरामद खुकुरी सहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको छ ।