२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले १ लाख भन्दा बढी नगदसहित १० जना जुवाडे पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८


ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुमरगाउँका गणबहादुर घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख २२ हजार ५१० सहित १० जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार दिउँसो अपरान्ह साढे ४ बजेतिर जुवा खेलिरहेको अवस्थामा घोराही-१३ का ५२ वर्षिय कमान पुन, ४२ वर्षका लोकबहादुर घर्ती, ४५ वर्षका प्रेम पुन, ४२ वर्षका आइतबहादुर घर्ती, ३४ वर्षका ज्ञानसिंह बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

यस्तै घोराही-१२ का ४० वर्षिय तेजलाल पुन, घोराही-१३ का ६८ वर्षिय गणबहादुर घर्ती, घोराही-१४ का २४ वर्षिय त्रिपन बुढा, घोराही-१५ का २२ वर्षिय निमबहादुर रोका र ३३ वर्षिय ढोका घर्ती पक्राउ परेको प्रवक्ता डिएसपी रिजालले जानकारी दिनुभयो ।
पक्राउ परेका साथबाट नगदसहित ६ गड्डी तास पनि बरामद गरिएको छ । पक्राउ परेका १० जनालाई नै जुवा ऐन अन्तर्गत मुद्धा चलाईने प्रहरीले जनाएको छ । नेपालको कानुनमा सट्टाबाजी जुवा खेल्न नपाइने उल्लेख छ । जुवा ऐनमा १ वर्षसम्म कैदको सजाय व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]