१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

मानवता जोगाउन अत्यन्त जरुरी` सूफी बिचारधारा´

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८


(ABC-Sanchar)
बाँके । सूफी बिचारधारा बोकेको दरगाहे आला हजरतले नेपालमा राहत बाड्ने कामलाई निरन्तरता दिएको छ । भारतको उत्तर प्रदेश बरेलीमा रहेको मर्कजे अहले सुन्नत दरगाहे आला हजरतका प्रमुख सुबहान रजा खान सुबहानी मियाँ र सज्जादा नसीन अहशन रजा खानले नेपालमा कोरोनाबाट पीडित गरिब असाहयको लागि राहत सामाग्री पठाइ मानवताको सन्देश दिनुभएको छ ।

शुक्रबार बाँकेको नेपालगञ्जमा राहत सामाग्री वितरण गरेको दरगाहे आला हजरतबाट खटिएको प्रतिनिधि मण्डलले सनिवार कपिलवस्तुको कृष्ण नगरमा पनि राहत वितरण कार्यलाई निरन्तरता दिएको छ । प्रतिनिधि मण्डलले मार्च १३ मा नेपालको अधिकांश जिल्लाहरुमा अवलोकन गरि रिपोर्ट तयार गरेको थियो । दरगाहे आला हजरतका प्रतिनिधि मौलाना सलीम नूरीले भन्नू हुन्छ उक्त रिपोर्टको आधारमा दरगाहे आला हजरतबाट राहत सामाग्री पठाएको छ । राहत सामाग्रीमा ५ किलो चामल, ५ किलो अटा,१ किलो चिनि,१ किलो नमक,१ किलो मसूर दाल र १ लिटर तेल रहेको थियो । कपिलवस्तुको कृष्ण नगरमा कोरोना प्रभावित सबै समुदायको १४० परिवारलाई राहत सामग्री वितरण गरिएको छ । सलीम नूरीको अनुसार मानवतालाई जोगाउन शान्ति, सद्भाव भाइचाराको अवश्यकता जरुरी छ । नेपाल र भारतको सम्बन्ध आत्मीय रहेकोले एक आर्का प्रती सहयोगको भावना राख्नु र सूफीशन्तहरुबाट समन्वय कायम गर्न आग्रह नूरीले गर्नु भयो । नेपाल र भारत बीचको दीनी सम्बन्धलाई अझ बलियो बनाउन नेपालमा आउने दिनमा समेत सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । नूरीको अनुसार दरगाहे आला हजरतले विगतमा पनि नेपाली नागरिकहरुलाई शैक्षिक , आर्थिक , सामाजिक रुपले सहयोग गर्दै आएको छ । ´

त्यस्तै नेपाल वल्मा काउन्सिलको केन्द्रिय अध्यक्ष मौलाना मुस्ताक रिज्वीले समेत नेपालमा शान्ति सद्भावलाई कायाम राख्न सूफी बिचारधाराको अवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नू हुन्छ, सूफीनिज्म बिचारधाराले नेपाली मुस्लिम मात्र होइन सबैलाई मानवताको सन्देश दिने काम गर्दै आएको छ । केही कथित दीने ईस्लाममा केही जमातहरुले सूफीइज्म बिचारधारा विपरीत काम गरेकोले आम नागरिकले दीने ईस्लामलाई हेर्ने दृष्टि विभिन्न भएको छ । उहाँले बताउनु भयो नेपाली सुन्नी मुस्लिमहरुले मानवतालाई जोगाउन सूफिनिज्म बिचारधारा बोकेको अहले सुन्नत वल जमातबाट सम्बन्ध बलियो बनाउन जरुरी छ ।
उक्त राहत वितरण कार्यक्रममा नेपाल वल्मा काउन्सिल कपिलवस्तुका लगायत जिल्ला मौलाना शाहबुद्दीन रिज्वी, मौलाना गुलाम मुस्तफा, लगायत जिल्ला भरीको अधिकांश वल्मा र मुस्लिम समुदायको अग्रजहरुको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!