१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

नेपालगन्ज शिक्षण अस्पतालका कर्मचारीलाई तुरुन्त पारिश्रमिक देउ

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पश्चिमकै सबैभन्दा ठुलो अस्पताल हो । नेपालगन्जलाई स्वास्थक्षेत्रको हबका रुपमा परिचित बनाउन यो अस्पतालको भूमिका महत्वपूर्ण छ ।

संयौ बिरामीले नेपालगन्ज मेडिकल कलेजकै कारण सर्बसुलभरुपमा सेवा पाएका छन् । तर बिडम्बना यही अस्पतालमा कार्यरत कर्मचारीले भने पारिश्रमिक नपाएको भन्दै बर्षमा कुनै न कुनै महिना आन्दोलन गर्नेपरिरहेको छ । कर्मचारीको आन्दोलनपछि व्यवस्थापन पक्षबाट आउने बनिबनाउ जवाफ हो, अस्पताल घाटामा छ ।

यतिबेला फेरी स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरु तलब भत्ताको माग गर्दै आन्दोलित बनेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले ३ महिनादेखि तलब भत्ता नपाएको, डाक्टरहरुले चार महिनाकै तलब नपाएको, नर्सिङ स्टाफ र कर्मचारीहरुले कोभिड भत्ता र खाजा भत्ता पनि नपाएकोे भन्दै उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार र शनिबार उनीहरुले अस्पतालमा शान्तिपूणर् प्रदर्शनसमेत गरेका छन् । उनीहरुले शनिबार अस्पताल परिसरमा धर्ना दिँदै आफ्ना माग पूरा गराउन नाराबाजीसमेत गरेका थिए ।

तलबको माग गर्दा अस्पताल प्रशासनले उल्टै धम्क्याएपछि आन्दोलनमा उत्रिनुपरेको लर्ड बुद्ध एजुकेशन ऐकेडेमी कर्मचारी संगठनका उपाध्यक्ष सुमन गिरीले बताइन् । कर्मचारीहरुले प्रशासन, लेखा शाखा र एमडी कक्षमा तालाबन्दी गरेका छन् ।

आन्दोलनपछि पनि अस्पतालले माग सम्बोधनमा चासो देखाउनुको साटो धम्क्याउन खाजेको भन्दै उनीहरु उनीहरु थप आक्रोसित बनेका छन् । गिरीले कोरोना महामारीमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीप्रति अस्पतालले अन्याय गरेको बताइन् ।

कर्मचारीहरु अस्पतालले तलब भत्ता मात्रै ढिलो गरेको नभई सामाजिक सुरक्षा कोषमा स्वास्थ्यकर्मी र कर्मचारीको तलबबाट ११ प्रतिशत रकम कट्टा गरिए पनि कम्पनीको तर्फबाट २० प्रतिशत थप गरेर दाखिला गर्नुपर्नेमा त्यसो नगरिएकोसमेत बताउँछन् । १६ महिनादेखि सामाजिक सुरक्षा कोषमा रकम दाखिला नभएको पनिदावी गरिएको छ ।

अस्पताल प्रशासनले भने साउन पहिलो सातासम्म तलवभत्ता दिने बताएको छ । तर, उपाध्यक्ष गिरी यसपटकको आन्दोलन तलबका लागि मात्रै नभएको बताउँछिन् । हाम्रा थुप्र्रै सुविधाहरु अस्पतालले दिन सकेको छैन । तर प्रशासन ती सुविधाका सम्बन्धमा कुरा गर्न चाहिरहेको छैन । यसपटकको आन्दोलन सबै अधिकारहरुको सुनिश्चितता नभएसम्म जारी रहने छ,’ गिरीले भनिन् । आइतबारबाट आन्दोलन थप चर्किने गिरीले बताइन् । अस्पतालको नियमित उपचारम असर नपर्नेगरी आन्दोलन झन् कडा हुँदै जाने गिरीको भनाइ छ ।

स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले एकमुष्ट तलवभत्ता पाउनु पर्ने माग गर्दै आएका छन् । अस्पतालले भने एकमुष्ट तलब भत्ता दिने अवस्था नरहेको बताउँदै आएको छ । अस्पतालका उपनिर्देशक श्याम शर्मा एक हप्ताभित्र एक महिनाको तलबभत्ता उपलब्ध गराइने बताउँछन् । अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलबभत्ता दिन सक्ने अवस्थामा अस्पताल प्रशासन नरहेको शर्माको तर्क छ । कर्मचारीहरु अस्पताल घाटामा छ भनेर कर्मचारीहरुको तलबसमेत नदिइनु घोर अन्याय भएको बताउँछन् । व्यवस्थापन पक्षले कुनै पनि बहानाबाजी नगरी तुरुन्त पारिश्रमिक उपलब्ध गराउन आवश्यक छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!