१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

बाँकेको सन्तानेश्वर मन्दिर दर्शनका लागि एकै हजार मानिस पुगे

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८


(महेन्द्र सिंह)
बाँके । नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि करिब ७ हजार मानिस पुगेका छन् । अप्ठेरो बाटोलाई छिचोल्दै ठूलो संख्यामा मानिसहरु शनिवार मन्दिर दर्शनका लागि पुगेका हुन् । सिमसिमे पानीको प्रवाह नगरी हजारौंको संख्यामा मानिसहरु त्यहाँ पुगेका थिए । पर्यटकीय सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न जाने चाँजोपाँजो पहिलोपटक नरैनापुर गाउँपालिकाले मिलाएको हो । प्रचुर पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर महादेव मन्दिरको प्रचारप्रसारका लागि त्यहाँ पुग्ने कार्यक्रम मिलाइएको हो ।

अढाई घण्टाको पहाडी बाटो छिचोल्दै मानिसहरु मन्दिर दर्शनका लागि पुगेका थिए । नरैनापुर गाउँपालिकाको प्रवेशद्वार कोहलामा आन्तरिक पर्यटकलाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेपछि ठूलो टोली बाजागाजासहित त्यसतर्फ प्रस्थान गरेको हो । नरैनापुरले आफ्नो प्रमुख पर्यटकीय गन्तब्यको सूचीमा राखेर यस क्षेत्रको प्रचारप्रसारका लागि थालेको अभियान अन्तर्गत् शनिवार सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्ने कार्यक्रम तय गरिएको हो ।

“नरैनापुरका लागि आज (शनिवार) निकै खुसीको दिन हो, म निकै खुसी छु, यति ठूलो संख्यामा तपाईंहरु आउनुभयो, सबैलाई धन्यवाद दिन्छु,” खुसी मुद्रामा अध्यक्ष शाहले मन्दिर परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भन्नुभयो, “म यो क्षेत्रको सम्बद्र्धन र प्रबद्र्धनका लागि लागिपर्छु, निकै राम्रो पर्यटकीय सम्भावना बोकेको यो मन्दिरमा जाने बाटो बनाउन पनि म लाग्छु, होमस्टेको अबधारणा पनि हामी ल्याउँदैछौं,” अध्यक्ष शाहले अगाडि भन्नुभयो । “नरैनापुरलाई चिनाउने ठाउँहरुको प्रचारप्रचारका लागि हामी रत्तिभर पनि कञ्जुस्याइँ गर्दैनौं, त्यसैको अभियान स्वरुप आजको कार्यक्रम iहो, म सबैलाई सन्तानेश्वर महादेव मन्दिरको दर्शनका लागि आह्वान गर्छुु,” गाउँपालिकाका अध्यक्ष शाहले भन्नुभयो । अध्यक्ष शाहले त्यहाँ पुगेर मन्दिरमा पूजा समेत गर्नुभएको थियो ।

सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । “हामीले अभियानकै रुपमा भिजिट नरैनापुर २०२१ सञ्चालन गर्दैैछौं, शनिवार नरैनापुरको प्रवेशद्वार वडा नम्बर ६ कोहलामा आन्तरिक पर्यटकहरुको स्वागत गरेर त्यहाँबाट रमणीय स्थल सन्तानेश्वर महादेव मन्दिर पुगेका छौं, नरैनापुरलाई चिनाउने यस्ता पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटकहरुको सहज आवागमनका लागि गाउँपालिकाले काम गर्नेछ,” प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो । पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्न पुगेका मानिसहरु निकै उत्साहित देखिएका थिए ।

अप्ठेरो बाटोका बाबजुद शनिवार पहिलोपटक त्यहाँ गाडी पुगेको छ । लु १ च ६३९० जीप पहिलोपटक सन्तानेस्वर महादेव मन्दिर स्थलमा पुगेको हो । गाउँपालिकाले यो लगायत अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको प्रचारप्रचारका लागि बजेट पनि विनियोजन गरेको छ । पछिल्लो समय स्वतःस्फुर्त ढंगले नेपालगञ्जबाट मानिसहरु रमणीय पर्यटकीय स्थल सन्तानेश्वर महादेवको दर्शनका लागि जान थालेका छन् । “मानिसहरुको फ्लो बढेको छ, यो खुसीको कुरा हो, अब हामी झन सशक्त ढंगले यसको प्रचारप्रसारका लागि लाग्छौं,” प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भन्नुभयो ।

यो मन्दिर नेपालगञ्जबाट ३५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने धार्मिक विश्वास रहेको स्थानीयहरु बताउँछन् । रचना श्रेष्ठबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!