२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतीय नम्बरको २९ वटा मोटरसाइकल र एउटा कार नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, साउन ०३, २०७८

ABC-(क्राईमबिट)
रौतहट । भन्सार छलेर निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरू रौतहट ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । चन्द्रपुर आसपास बाट २९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल र एउटा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर ज्ञानबहादुर माझीले बताएका छन् ।

निर्बाध रूपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरूलाई नियन्त्रण लिएर पहिलो पटक कडा चेतावनी सहित जरिवाना असुल गरेर शनिवार साँझ छोडिएको इन्स्पेक्टर जानकारी दिएका छन् । पछिल्लो दुई दिनभित्र उक्त मोटरसाइकल र कार ट्राफिकले नियन्त्रणमा लिएको थियो । माझीका अनुसार सुरुमा केही दिन भारतीय नम्बर प्लेटका सवारी साधनहरू नचलाउन स्थानीय रेडियोहरूबाट सूचना प्रशारण गरेर, माइकिङ गरेर सर्वसाधारणलाई जानकारी दिएको थियौँ। साउन १ गतेदेखि चेकिङ गरेर नियन्त्रणमा लिन सुरु गरेको हो।

नियमविपरीत चलेका भारतीय नम्बर प्लेटका सवारी साधनहरूलाई जिल्लाभर अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरेर नियन्त्रणमा लिइने माझीले जानकारी दिएका छन् । नेपालको कानुन अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनै पनि भारतीय नम्बर प्लेटका सवारी साधनहरू वर्षमा बढीमा ३० दिन चलाउन पाइन्छ । तर रौतहटमा भने निर्बाध रूपमा त्यस्ता सवारीसाधनहरू चल्ने गरेका छन् । यसरी चलेका सवारीसाधनहरूबाट दुर्घटना भएमा पनि त्यस्ता सवारीसाधनहरू र सवारी धनीहरूलाई पक्राउ गर्ने कुनै आधार नभएको प्रहरीको भनाइ रहेको छ । उता जसपाका नेता रेवन्त झाले प्रदेश २ का जनता र भारतीय बीच रोटी बेटीको सम्बन्ध रहेकाले भारतीय नम्बरको गाडी सदियौँदेखि प्रयोग हुँदै आएकाले सरकारले वैकल्पिक बाटो निकाल्नु पर्ने सुझाव दिएका छन् । रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]