२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कैलाली प्रहरीले १० जना लाई सम्मान ९ लाई कार्वाही

Logo
प्रकाशित आइतबार, साउन ०३, २०७८


ABC (क्राईमबिट)
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा पछिल्लो १९ दिनमा ९ प्रहरीमाथि कारवाही भएको छ ।
असार १६ गते कैलालीमा प्रहरी प्रमुखको रुपमा आएका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले आचारसंहिता विरुद्धका गतिविधिहरू गर्ने ९ जना र उत्कृष्ट काम गर्ने १० जनालाई सम्मान गरेका हुन् ।

कारबाहीमा पर्नेमा अधिकांश डिउटीको समयमा मदिरा सेवन गर्नेहरु रहेको प्रहरी स्रोतले बताएको छ ।

‘उनीहरूलाई तत्कालको लागि चेतावनी दिइएको हो । यसपछि पनि थप लापरबाही भए कडा कारबाही हुन्छ’ एक प्रहरी अधिकारीले भने ‘प्रहरी प्रमुखले अहिले प्रहरीसेवालाई थप जिम्मेवार बनाउन खोज्नु भएको छ ।’

कारबाहीमा पर्नेमा असई हवलदार र सिपाही छन् । ५ जना कारबाहीमा परेका र अन्य ४ जना कारबाहीको प्रक्रियामा रहेको प्रहरी स्रोतले बतायो ।

राम्रो काम गरेका १० प्रहरी जवान सम्मानित भएका छन् । तीमध्ये ८ जना टीकापुरमा बालक हत्याको घटना अनुसन्धानमा खटिएका थिए ।
‘हाम्रो प्रहरीसँग हामी’

जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लामा ‘हाम्रो प्रहरीसँग हामी’ अभियान सुरु गर्ने भएको छ । प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन ‘हाम्रो प्रहरीसँग हामी’ अभियान सुरु गर्न लागेको बताए ।

धनगढीमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै आइतबार प्रहरी उपरीक्षक अधिकारीले आफ्नो अभियानबारे जानकारी दिएका थिए ।
‘हामी अब फरक फरक बिधाका व्यक्तिहरूसँग अन्तरक्रिया गरेर प्रहरी सेवालाई प्रभावकारी बनाउन लाग्छौँ’ उनले भने ‘त्यो अभियानको सुरु आजबाट भएको छ ।’
उनले कैलालीमा पछिल्लो समय लागूपदार्थको दुव्र्यसनीका घटना बढिरहेको भन्दै ‘भविष्य बचाउ’ अभियानसमेत सुरु गर्न लागेको बताए ।

कैलाली प्रहरीले अब लागूपदार्थ सेवन गर्ने र कारोबार गर्नेहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने समेत उनले दाबी गरे । उनले प्रहरी सेवा लिन आउनेहरूको अभिलेखीकरण समेत राख्ने बताए ।

‘प्रहरीमा सेवा लिन आउनेहरूको तथ्याङ्क राख्ने व्यवस्थासमेत गरेका छौँ’ उनले भने, ‘यसबाट नागरिक कति सन्तुष्ट छन् भन्ने थाहा हुन्छ । नेपाल प्रहरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।