
ABC (क्राईमबिट)
धनगढी । कैलाली जानकी गाउँपालिका वडा न.७ मोतिपुर सडक खण्डमा अबैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको किराना सामानहरु खुर्सानी, स्याम्पु, सुनपापडी मिठाइ,सुर्ती चिनी समेत गरी मुल्य ५५,०००। पच्पन्न हजार बराबरको माल सामानहरु फेला पारी पक्राउ गरेको छ । प्रहरी चौकी सत्ती कालाकुण्डाबाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं ९ खक्राैला पुरानो भन्सार कार्यालय नजिकै सडक
किनारमा बेवारिसे अवस्थामा बोरा थान ४ मा रहेका मुल्य ५५७७६।- पच्पन्न हजार सात सय छयहत्तर बराबरका विभिन्न साइजका चप्पलका फिताहरु फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी सत्ति भन्सार कार्यालय पठाएको ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।