१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

लागुऔषध खैराे हिराेइनसहित वडाध्यक्ष सहनी पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०४, २०७८


ABC (क्राईमबिट)
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साबाट सदा पाेसाकमा खटिएकाे प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १९ बर्वास्थित तिलावे पुल नजिककाे सडकबाट आइतबार राती १०:३० बजे पकहा मैनपुर गाउँपालिकाकाे वडा नं. १ धाेरेका वडाध्यक्ष अम्बिका सहनीलाई नियन्त्रणमा लिएकाे हाे ।

वडाध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरकाे सरकारी पल्सर मोटर साइकलकाे फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन जस्तो देखिने बस्तु फेला परेकाेले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

यस्तै, उनकाे पछाडी संग सगै आएको ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार साेही ठाउँ निवासी बर्ष ४० को बलिष्टर सहनी र सोही मोटरसाइकलकाे पछाडी सवार साेही ठाउँ निवासी बर्ष ५२ को राम आदेश सहनी समेतलाई नियन्त्रणमा लिइएकाे प्रवक्ता खनालले जानकारी दिए ।

पक्राउ परेका बलिष्टर सहनी पकहा मैनपुर गाउँपालिका वडा नं. १ कै वडा सदस्य हुन् भने अर्का आदेश सहनी पनि वडाध्यक्ष सहनीकाे नजिककाे व्यक्ति हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!