१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

कैलाली एसपी अधिकारी र टिकापुरका डिएसपी सापकोटा सहित ९ जना पुरस्कृत

Logo
प्रकाशित मंगलबार, साउन ०५, २०७८

ABC (क्राईमबिट)
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी सहित ९ प्रहरी पुरस्कृत भएका छन । टिकापुरका साढे ३ वर्षको बालकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी सहित ९ जना प्रहरीलाई पुरस्कृत गरीएको छ ।

घटनाको तोकिएको जिम्मेवारी इमानदारी तथा त्रुटिरहित ढङ्गबाट सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले जिल्ला एसपी विश्व अधिकारीलाई पुरस्कृत गरेका छ्न ।
अनुसन्धानमा खटिएका अन्य ८ जनालाई एसपी अधिकारीले आफैँ पुरस्कृत गरेका छन्।

पुरस्कृत हुनेमा ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रहरी सहायक निरीक्षक अनिल शाह, कृष्ण मल्ल, प्रहरी हवलदार गणेश बहादुर सेठ्ठी छन्।

यस्तै, प्रहरी जवान जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्ट छन्।

गत असार २० गते टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने साढे ३ वर्षीय विवेक विष्ट बेपत्तापछि मृत फेला परेका थिए।
सोही प्रकरणमा प्रहरीले घटनाको केही समयपछि सफल अनुसन्धान गरेको थियो। नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!