२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

स्थानीयको ढुंगा प्रहारबाट १३ जना प्रहरी घाइते स्वास्थ अवस्था बुझ्न एसपी अधिकारी

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

ABC (क्राईमबिट)
कैलाली । धनगढी उपमहानगरपालिका -२ का स्थानीयको ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरी बलका ६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ढुङ्गा प्रहारबाट मेघाफोन १ थान, पारदर्शी सिल्ड १० थान, हेल्मेट ३ थान पनि पूर्ण रुपमा क्षति भएको छ। प्रहरीमाथि ढुंगा प्रहार गर्ने २ जना व्यक्तिलाई नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ भने अरूको खोजी भइरहेको छ।

पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो। जमेको पानी वडा नम्बर २ तर्फ निकास गर्दा आफ्नो क्षेत्रमा डुबानको समस्या बढ्ने भन्दै स्थानीयले उक्त पानी मोहना नदीमा निकास गर्न माग गरेका थिए।

सोही कारण मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट वडा नम्बर २ का स्थानीयले बन्द गरेका थिए। कल्भर्ट बन्द भएपछि वडा नम्बर ३ का केही बस्ती र नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा परेको थियो।

३ नम्बर वडा डुवानमा परेपछि पानी निकास गर्न वडा नम्बर २ का स्थानीयले बन्द गरेको कलभर्ट खोल्नुपर्ने माग अन्य स्थानीयको थियो।

प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेपछि २ नम्बरका स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीलेले बताए।

उनकाअनुसार धनगढीमा २ का बासिन्दाले आफ्नो क्षेत्रमा डुवान पर्ने भन्दै पानीको निकास मोहना नदीमा गर्न माग राख्दै आएका छन्। त्यो काम भएको छैन।

झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन संयुक्त सुरक्षा निकायबाट प्रहरीले ५७ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]