२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लुम्बिनी प्रदेशको राजधानीमा मन्त्रालय तत्कालै सार्नुपर्ने भएपछि सिडियोको अनुगमन

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

(ABC-Sanchar)
दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रका विभिन्न स्थानमा पुगेर अनुगमन गरेका छन् । देउखुरीको लमही अस्पताल, राप्ती नदिको महदेवा–सिसहनीयाँ पुल, राप्ती प्राविधिक शिक्षालयमा पुगेर स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् । जिल्लामा कोभिड विरुद्धको भेरोसिल खोप चलिरहेको छ । कतिपय क्षेत्रमा सबैलाई खोप उपलब्ध हुनु पर्छ भनेर गुनासो आइरहेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुशार खोप लगाइ दिन र लगाउन सबैमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।

त्यस्तै केही दिन अघि खहरे खोलामा आएको बाढीले महदेवा–सिसहनीयाँ राप्ती नदिको पुलको एप्रोचमा क्षति पुगेको थियो । क्षति भएकै दिन प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले मर्मतका लागि नेपालगन्ज पुल बिभागलाई अनुरोध गरेका थिए । अहिले उक्त क्षति भएको पुलको मर्मत कार्य तिब्र रुपमा भैरहेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय तुरुन्तै ब्यवस्थापन गर्नु पर्ने भएको भन्दै भौतिक पुर्वाधारको अवस्था के छ भनेर निरीक्षण गरेका हुन । उनका अनुशार आन्तरिक मन्त्रालय अस्थायी राजधानी बुटवलबाट स्थायीमा छिट्टै सार्नु पर्ने भन्ने निर्देशन भएकोले दौडधुप भएको बताए । निरिक्षण तथा अनुगमनमा ४१ नम्बर गण अर्जुन खोलाका एसपी यादव विश्वकर्मा लगायतको उपस्थिति रहेको प्रमुख जिल्ला अधिकारी कुरुङबाङ्गले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।