२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरी सशस्त्र प्रहरीमा कांग्रेसको त्रास प्रहरी अधिकृतहरु नेता भेट्न् ब्यस्त

Logo
प्रकाशित बुधबार, साउन ०६, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपको सुरुवात २०४८ सालबाट भएको मानिन्छ, जतिबेला शेरबहादुर देउवा गृहमन्त्री थिए । उनै देउवा यतीबेला प्रधानमन्त्रीमा नियुक्त भएका छन्, जसकारण प्रहरी संगठनमा सरकारको हस्तक्षेप झन् बढ्नसक्ने चिन्ता प्रहरी अधिकारीको छ ।

एआइजीको सरुवा रोकेर सरकारले त्यसको संकेत दिइसकेको छ । केपी शर्मा ओली सरकारले गरेको एआइजी सरुवाको कार्यान्वायन नगर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएपछि रोकिएको छ । साथै, एआइजी बढुवाको विषयमा समेत अर्काे चलखेल सुरु भएको छ । ओली सरकारले सहकुल थापालाई एआइजीमा बढुवा गरेकोमा यो सरकारले त्यसलाई रुचाएको छैन । एआइजी थापाले फुली लगाइसकेकाले बढुवा बदर गर्न पनि समस्या छ । तर, प्रहरीकै एक समूह थापालाई रोक्ने प्रयासमा लागेको छ । एआइजी थापा एमाले निकट भएकाले दरबन्दी थपेर उनलाई बढुवा गरिएको चर्चा हुने गरेको छ । थापाको बढुवा धरापमा पर्दा त्यसैगरी गत मंसिरमा बढुवा भएका विश्वराज पोखरेल भने उत्साहित बनेका छन् । उनी दैनिक जसो आजभोलि कांग्रेस नेताको घरमा पुग्ने गरेका छन् ।

त्यसो त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समेत समस्या हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । महानिरीक्षक क्षेत्री आर्थिक रुपमा कुनै विवादमा नमुछिएका व्यक्ति हुन् । महानिरीक्षक भएपछि पनि उनले प्रहरीका खरिदमा कुनै चासो दिएका छैनन् । तर, हालको सरकार प्रहरीमार्फत मस्त कमाउने योजनामा देखिन्छ । त्यहीकारण कांग्रेसले अर्थ मन्त्रालय माओवादीलाई छाडेर गृह मन्त्रालय रोजेको छ । गृहमन्त्री खाँण प्रहरीमा कब्जा जमाउने रणनीतिमा देखिएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

खाँणको एआइजी हरि पालसँग निकटस्थ सम्बन्ध छ । एआइजी पाल पनि गत वर्ष महानिरीक्षक बढुवाको दौडमा थिए । हाल खाँण गृहमन्त्री भएपछि उनी उत्साहित भएको र उनकै पहलमा एआइजीको सरुवा समेत रोकिएको चर्चा गृह मन्त्रालयमा छ ।

त्यस्तै, नयाँ सरकार बनेपछि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा पनि त्यसको असर परे्को छ । सशस्त्र र विभागमा पनि आइजिपी हेरफेर गर्न केही अधिकृतहरु कांग्रेस नेताहरुसँग लबिङमा लागेका छन् ।

आगामी चुनाव देउवा सरकारले नै गर्ने लगभग निश्चित देखिएको छ । यस्तो अवस्थामा सरकारले प्रहरी प्रशासनमा आफ्नो कब्जा जमाउन खोजेको हो । आगामी फागुनदेखि स्थानीय तहको निर्वाचन र अर्काे वर्ष प्रतिनिधिसभा निर्वाचनमा मंसिरमा हुनेछ । भावी महानिरीक्षक पनि यही सरकारले नियुक्ति गर्ने भएकाले प्रहरीमा नेपाली कांग्रेसले व्यापक हस्तक्षेपको तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]