(ABC-Sanchar)
दाङ। लमही गढवा सडक खण्ड अन्तर्गत रहेको बयल डाँडा र कोलही गाउँ जोड्ने काठे पुल बगै सोता खोलामा रहेको पुल भाँचिएको छ ।
लमही नगरपालिका वडा नम्बर ५ कोलही गाउँ नजिकै रहेको बगै सोता खोलाको पुल बुधवार अपरान्ह ३ बजेको समयमा गढवा देखि लमही तर्फ गैरहेको एउटा टिप्परले पुल क्रस गरे पछी पुल भट्किएको प्रत्यक्षदर्शी हरुले बताए । उक्त बाटो भएर गढवा तर्फ जाने र लमही तर्फ आउने सवारी साधन बनगाउँ भएर जानू पर्ने बाध्यता भएको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङ्बाङ्गले जानकारी दिनुभएको छ ।