१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्नेगरि सहसचिवको सरुवा मुख्य सचिवले नियन्त्रण गर्ने !

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

(ABC-Sanchar)
काठमाडौँ । सहसचिवको सरुवा अब मुख्यसचिवले नियन्त्रण गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्रीको विश्वासका आधारमा सामान्य प्रशासन मन्त्रीले सहसचिवसम्मको काज सरुवा गर्दै आएको भए पनि अव भने सिधै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने गरी मुख्यसचिवले नै नियन्त्रण गर्ने तयारी भइरहेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई बतायो ।

‘सहसचिवको सरुवा भएर हाजिर भई सकेका हुन्छन् तर मुख्यसचिव र प्रधानमन्त्रीलाई थाहै हुँदैन’ ती स्रोतले भने, ‘सरुवा बेथिति नियन्त्रण गर्न पनि नियन्त्रण आवश्यक छ’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनेकथरीबाट आउने गरेको दबाब र प्रभावका लागि पनि यसो गर्न लागि ती अधिकारीको भनाई छ ।

आवश्यकता अनुसार कर्मचारी परिवर्तन गरिरहनु पर्ने र समयमै नहुँदा असर पनि पर्न सक्ने भन्दै केही वर्षअघिदेखि सामान्य प्रशासन मन्त्रालयबाटै काज सरुवा गरेर एकमुस्ट रूपमा मन्त्रिपरिषदबाट स्वीकृत गरिँदै आएको थियो । अव भने काज सरुवा नै गर्दा पनि मुख्यसचिवसँग परामर्श गरेर मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराउने तयारी रहेको उनले बताए ।

त्यसो त अहिले पनि सामान्य प्रशासन मन्त्रालयमा सरुवाका लागि दबाब दिन आउने विभिन्न दलका नेताहरूको सङ्ख्यामा कुनै कमी आएको छैन । केही समय अघि मात्रै सहसचिवको सरुवामा अनावश्यक दबाब दिएपछिसरुवा सूची सिधै मन्त्रिपरिषद्को कार्यालय पठाइएको थियो ।

विभिन्न दलसँग जोडिएका ‘पावर फूल’ सहसचिवहरूले सामान्य प्रक्रिया र सिष्टमलाई नै लत्त्याउने गलत परम्परालाई तोड्दै थिति बसाउनका लागि पनि मेकानिज्म बनाउन लागिएको ती स्रोतको भनाई छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!