२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके जिल्ला ट्राफिकले २ करोड ७० लाख बराबरको राजश्व संकलन

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले आर्थिक वर्ष २०७७/२०७८ मा २ करोड राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले नियम विपरीत संचालन भएका ४८ हजार २ सय ४ वटा सवारी सधानहरुलाई कारवाही गर्दै २ करोड ७० लाख ७१ हजार पाँच सय राजश्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिएका छन्  । ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड २९ लाख राजश्व संकलन गरेकोमा आर्थिक वर्ष २०७७÷०७८मा एक करोड भन्दा बढि राजश्व संकलन गर्न सफल भएको छ । व्यवस्थित रुपमा ट्राफिक प्रहरीलाई परिचालन गर्दा २ करोड ७० लाल भन्दा बढि राजश्व संकलन गर्न सफल भएको उनले बताएका छन् ।
१ सय ५० वटा सवारी साधन दुर्घटना, ७७ जनाको निधन
यसका साथै बाँकेमा एक वर्षको अवधिमा १ सय ५० वटा सवारी साधन दुर्घटनामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका अनुसार १ सय ५० वटा सवारी साधन दुर्घटनामा पर्दा ७७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ जना पुरुष, १७ जना महिला र चार जना बालक रहेका छन् । साथै दुर्घटनामा २ सय ८ जना घाइते भएका छन् । जिल्लामा सबैभन्दा धेरै दुर्घटना भदौ महिना २० वटा सवारी साधान दुर्घटनामा परेका छन् भने सबै भन्दा कम साउन महिनामा ३ वटा सवारी सधान दुर्घटनामा परेको ट्राफिक प्रमुख भण्डारीले बताएका छन् ।
ट्राफिक जनचेतनामा जोड
बाँके ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक गतिविधिलाई विशेष जोड दिईरहेको पाईएको छ । ट्राफिक प्रमुख भण्डारीका अनुसार विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ३२ पटकमा सात हजार ४ सय ५० जना विद्यार्थीहरुलाई सचेतना कक्षा संचालन गरिएको, सामुदायिक मार्फत एक हजार ९ सय ५४ सर्वसाधारणलाई सेचतना कक्षा संचालन गरिएको, व्यवसायिक, चालक तथा सहचालक, सर्वसाधारणलाई ट्राफिक ऐन नियम सम्बन्धि अन्तरक्रिया कार्यक्रम, सहचालक तथा सर्वसाधारणलाई पर्चा पम्पलेट वितरण, मास्क खोइ लगायतका सचेतनाका कार्यक्रमहरु संचालन गरिएको हो ।
साथै उनले ट्राफिक प्रहरीको जनशक्तिको कमी, सडकको बिस्तार नहुनु, वैज्ञानिक स्रोत साधनको प्रयोगमा कमी, सडक मर्मत, चालक, यात्रु तथा पैदल यात्रुहरुमा जनचेतनाको कमी, यातायात व्यवसायीहरुमा प्रतिस्पर्धा, सवारी साधनको कमी, गरिवी, भौगोलिक वनावट, सडक अतिक्रमण, राजनैतिक हस्तक्षेप र चालकलाई कारबाही गर्दा फितलो नियमलाई ट्राफिक व्यवस्थापनका चुनौती रहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]