१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा सल्लाहकार नियुक्तीको विवाद जारी

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

(ABC-Sanchar)
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सल्लाहकार नियुक्ती गरेपछि विवाद चुलिएको छ । प्रतिष्ठानको विकास, विस्तारको लागि भन्दै केही दिन पहिले सदस्य सल्लाहकार समिति गठन गरिएको थियो । जसमा नारायणप्रसाद भुसालको संयोजकत्वमा बलिलभद्र राना, चन्द्रराज पन्त, हेमराज बन्जाडे, धुव्रराज श्रेष्ठ भरी, टंकसिंह बुढाथोकी, सविन प्रियासन, गणेशप्रसाद आचार्य, चित्रकान्त आचार्य, वंशीकुमार शर्मा, निर्मल आचार्य, सुबोधकुमार डाँगी र निकेशकुमार लम्साल सदस्य छन् ।

यसअघि कांग्रेस दाङका जिल्ला सचिव शंकर डाँगीलाई पनि सल्लाहकार नियुक्ती गर्ने तयारी थियो । तर, डाँगीले अस्वीकार गरेका थिए । सल्लाहकार समितिमा रहेकाहरुले पनि धमाधम राजीनामा दिन थालेका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका टंकसिंह बुढाथोकीले विज्ञप्ति नै जारी गरि विरोध जनाएका थिए । त्यस्तै नागरिक समाज दाङका पूर्व अध्यक्ष चन्द्रराज पन्तलाई सल्लाहकार समितिमा राखिएको भएपनि पुनः उनलाई बर्खास्त गरिएको छ ।

प्रतिष्ठानलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, प्रतिष्ठानको विकास, विस्तार र उद्देश्य अनुरुप अध्ययन अध्यापन, स्वास्थ्योपचार अनुसन्धानात्मक कार्यलगायत भौतिक संरचना निर्माणसंगै साधन र स्रोत जुटाउन पर्ने अवस्था रहेको र प्रतिष्ठानको विकासको लागि सुझाव, सल्लाह र सहयोगको लागि सल्लाहकार चयन गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले बताइन् ।
बाहिर विवाद आएको सन्दर्भमा उनले भनिन् ‘बाहिर के भइरहेको छ, त्यो थाहा भएन्, तर, प्रतिष्ठानभित्र सल्लाहकार समिति चयनको बिषयमा कुनै विवाद छैन ।’
उनका अनुसार सल्लाहकारले पारिश्रमिक नपाउने तर सल्लाहकारहरुलाई जिम्मेवारी दिएको खण्डमा त्यसमा लाग्ने यातायात खर्च भने पाउने उनको भनाई छ । यो समितिलाई प्रतिष्ठानको कार्यकारी समितिले उचित ठानेसम्म क्रियाशिल रहने समेत उनले बताइन् । प्रतिष्ठाने कहिल्यै नियुक्ती गर्ने र कहिल्यै बर्खास्त गर्ने गरेको भन्दै असन्तुष्टि जनाउने गरिएको छ । यो कुनै विधिमा टेकेर निर्माण गरिएको समिति नरहेको भन्दै आलोचना समेत गर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।