२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा सल्लाहकार नियुक्तीको विवाद जारी

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८

(ABC-Sanchar)
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सल्लाहकार नियुक्ती गरेपछि विवाद चुलिएको छ । प्रतिष्ठानको विकास, विस्तारको लागि भन्दै केही दिन पहिले सदस्य सल्लाहकार समिति गठन गरिएको थियो । जसमा नारायणप्रसाद भुसालको संयोजकत्वमा बलिलभद्र राना, चन्द्रराज पन्त, हेमराज बन्जाडे, धुव्रराज श्रेष्ठ भरी, टंकसिंह बुढाथोकी, सविन प्रियासन, गणेशप्रसाद आचार्य, चित्रकान्त आचार्य, वंशीकुमार शर्मा, निर्मल आचार्य, सुबोधकुमार डाँगी र निकेशकुमार लम्साल सदस्य छन् ।

यसअघि कांग्रेस दाङका जिल्ला सचिव शंकर डाँगीलाई पनि सल्लाहकार नियुक्ती गर्ने तयारी थियो । तर, डाँगीले अस्वीकार गरेका थिए । सल्लाहकार समितिमा रहेकाहरुले पनि धमाधम राजीनामा दिन थालेका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका टंकसिंह बुढाथोकीले विज्ञप्ति नै जारी गरि विरोध जनाएका थिए । त्यस्तै नागरिक समाज दाङका पूर्व अध्यक्ष चन्द्रराज पन्तलाई सल्लाहकार समितिमा राखिएको भएपनि पुनः उनलाई बर्खास्त गरिएको छ ।

प्रतिष्ठानलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, प्रतिष्ठानको विकास, विस्तार र उद्देश्य अनुरुप अध्ययन अध्यापन, स्वास्थ्योपचार अनुसन्धानात्मक कार्यलगायत भौतिक संरचना निर्माणसंगै साधन र स्रोत जुटाउन पर्ने अवस्था रहेको र प्रतिष्ठानको विकासको लागि सुझाव, सल्लाह र सहयोगको लागि सल्लाहकार चयन गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीले बताइन् ।
बाहिर विवाद आएको सन्दर्भमा उनले भनिन् ‘बाहिर के भइरहेको छ, त्यो थाहा भएन्, तर, प्रतिष्ठानभित्र सल्लाहकार समिति चयनको बिषयमा कुनै विवाद छैन ।’
उनका अनुसार सल्लाहकारले पारिश्रमिक नपाउने तर सल्लाहकारहरुलाई जिम्मेवारी दिएको खण्डमा त्यसमा लाग्ने यातायात खर्च भने पाउने उनको भनाई छ । यो समितिलाई प्रतिष्ठानको कार्यकारी समितिले उचित ठानेसम्म क्रियाशिल रहने समेत उनले बताइन् । प्रतिष्ठाने कहिल्यै नियुक्ती गर्ने र कहिल्यै बर्खास्त गर्ने गरेको भन्दै असन्तुष्टि जनाउने गरिएको छ । यो कुनै विधिमा टेकेर निर्माण गरिएको समिति नरहेको भन्दै आलोचना समेत गर्ने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]