०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

अबदेखि सञ्चारमाध्यम दर्ता र नवीकरण अब अनलाइनबाट हुने

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने भएको छ ।

बिहीबार सूचना तथा प्रसारण विभागले एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनबाट हुने जानकारी दिएको हो ।

साउन १० गते आइतबारदेखि सेवाग्राहीले आवश्यक कागजात सूचना तथा प्रसारण विभागको वेबसाइटबाट आवेदन दिन विभागले आग्रह गरेको छ ।

अनलाइनबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका सेवाग्राहीहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र कामाडौं उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ ।

साथै उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जानकारी दिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]