१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

बिकास निर्माणको काम मेरो पहिलो प्राथमिकता हो अध्यक्ष: अधिकारी

Logo
प्रकाशित शुक्रबार, साउन ०८, २०७८


(ABC-Sanchar)
दाङ । गढवा गाउँपालिकाको वडा नं. १ भौगोलिक रुपमा विकट वडाका रुपमा रहेको छ । पूर्वमा लुम्विनी प्रदेशको राजधानीको प्रदेशद्धारका रुपमा रहेपनि वडा नं. १ विकासका पूर्वाधारका दृष्टिले विकट छ । ५८ वर्गफिट भूगोलमा फैलिएको वडामा ३ हजार बढी घर परिवार रहेका छन् । भौगोलिक रुपमा विकासका लागि विकट वडाका रुपमा हरेको वडामा स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि के के परिवर्तन भएका छन भनेर गोरक्षकर्मीले गढवा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष एव गाउँपालिका प्रवक्ता समेत रहेका बाबुराम अधिकारीसँग गरिएको कुराकानी । तपाई वडाध्यक्षका रूपमा निर्वाचित भएपछिको चार वर्ष कस्तो रह्यो ?
समग्रमा चार वर्ष राम्रै भएको छ । सकारात्मक रूपमै कामलाई अघि बढाएका छौँ । काम गर्दा केही कठिनाई र अप्ठेराहरू आए पनि जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै वडाको विकासका लागि काम गरिरहेका छौँ । चार वर्षको अवधिमा जनताका लागि अत्यावश्यक विकासका पूर्वाधारहरूका रूपमा रहेका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतलगायतका क्षेत्रमा धेरै नै काम गरेहका छौँ ।
वडाको बजेट मात्रले विकास गर्न सम्भव छैन । त्यसैले गाउँपालिका, प्रदेश सरकारसँगै यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूको पहलमा वडामा धेरै विकास निर्माणका काम भएका छन् । जसले गर्दा मलाई वडाको विकासका लागि धेरै काम गरेको छुझैँ लागेको छ ।
चार वर्षको अवधिमा वडाको विकासका लागि के–के काम गर्नुभयो ? अहिले हामी चार वर्ष पूरा गरेर पाँच वर्षमा प्रवेश गरेका छौँ । चार वर्षको अवधिमा वडाको विकासका लागि धेरै काम भएका छन् । सीमित बजेट र स्रोत साधनका वावजुद पनि हामी जनप्रतिनिधिका रूपमा वडामा आए पनि विकासका पूर्वाधारका रूपमा सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, बिजुलीलगायतको विकाससँगै जनताको जीवनस्तरलाई परिवर्तन गर्ने गरी धेरै काम भएका छन् ।
हामी वडामा जनप्रतिनिधिका रूपमा निर्वाचित हुँदा वडाका प्रत्येक बस्तीहरूमा सडक सुविधा थिएन । एक गाग्री खानेपानी ल्याउनका लागि घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो । वडामा स्तरीय स्वास्थ्य सुविधा थिएन । विद्युतको समस्या थियो । शिक्षाका लागि राम्रो विद्यालय थिएन । तर, अहिले हामीले सबै बस्तीहरूमा पुग्नका लागि सडकको ट्रयाक खोलेका छौँ । विद्युतको समस्या समाधान गरेका छौँ । सबै बस्तीमा विद्युत पुगेको छ
बत्ती बाल्नका लागि भोल्टेज नपुग्ने समस्या हटाएका छौँ । खानेपानीका लागि ठूलो लगानी गरेका छौँ । प्रदेश सरकारसँगै गाउँपालिका र वडाले समेत खानेपानीका लागि बजेट विनियोजन गरेर प्रत्येकका घर–घरमा धारा जडान गर्दैछौँ । कतिपय घरहरूमा पानी पुगिसकेको छ । कतिपय योजनाहरू अहिले पनि निर्माणका क्रममा रहेकाले यो आर्थिक वर्षभित्र वडाका सबै जनताले खानेपानी पाउनेमा म ढुक्क छु ।
शिक्षाका लागि जनता माध्यमिक विद्यालय कालाकाँटे यस वर्ष गाउँपालिकाको उत्कृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको छ । सिंचाइका लागि नाला निर्माण समेत गरेका छौँ । यो हिसाबले भन्दा हामीले चार वर्षको अवधिमा जनताको चाहना र मागअनुसार धेरै विकास निर्माणका काम गरेका छौँ । थप यस वर्ष गर्दै छौँ ।यस आर्थिक वर्षमा के–के काम गर्दै हुनुहुन्छ ?
 यो वर्ष हामी जनप्रतिनिधिको अन्तिम वर्ष हो । त्यो हिसाबले वडामा छुट्टै विकास निर्माणका काम गर्ने अवस्था छैन । कोरोना भाइरसका कारण विगत दुई वर्षदेखि धेरै गर्नुपर्ने कामहरू पनि राम्रोसँग हुन सकिरहेका छैनन् । त्यसैले गर्दा चुनाबी प्रतिबद्धताअनुसार जनतासँग गरेका वाचा र जनताका आवश्यकता अनुसारका बाँकी रहेका योजनाहरूलाई यस वर्ष बजेटमा पारेर काम गर्दै छौँ ।
अरू विगतका बाँकी रहेका र गर्नुपर्ने योजनाहरू छन् । लुम्बिनी प्रदेशको राजधानीका लागि प्रदेश सरकारले हाम्रो वडालाई पनि छनोट गरेकाले अहिले वडामा ठूला विकास निर्माणका कार्यहरू गर्न नपाउने अवस्था छ । प्रदेश सरकारले गुरूयोजना निर्माण गरे पनि प्रदेश सरकारले नै विकासलाई अघि बढाउने आशा छ ।वडामा विकासको काम गरिरहँदा जनताको चाहना कस्तो पाउनुभयो ?
 गढवा गाउँपालिकाको १ नम्बर वडा भौगोलिक रूपमा विकट वडा हो । त्यसमा पनि विपन्न परिवारहरूको बसोवास रहेको क्षेत्र हो । चौधरी, कुमाल र दलितहरूको मुख्य बाहुल्यता रहेको छ । देश लामो समयसम्म जनप्रतिनिधिविहीन भएको अवस्थामा हामी जनताको प्रतिनिधिहरूका रूपमा आएका हौँ
हामीले चुनावमा जनताको घरदैलोमा जाँदा पनि उहाँहरूले गाउँमा सडक सुविधा हुनुप¥यो, बिरामी हुँदा उपचार गर्ने अस्पताल हुनुपर्छ, बालबालिकालाई पढाउनलाई राम्रो विद्यालय, खानेपानीको व्यवस्था, बाल्ने बिजुली बत्ती र खेतीका लागि सिंचाइको माग गर्नुभएको थियो । त्यहीअनुसार हामीले काम गरिरहेका छौँ । सबै वडामा नपुगे पनि धेरै वडामा विकासका पूर्वाधारहरू पु¥याएका छौँ । विद्यालयलाई सुधार गरेर गाउँपालिकाकै नमुना विद्यालय बनाएका छौँ । अस्पताल निर्माण गर्न नसके पनि कुनै ठाउँमा स्वास्थ्यचौकी त कुनै ठाउँमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ ।

यसैगरी किसानको माग अनुसार कृषि पेशालाई भरपर्दाे र आय आर्जन गर्ने पेशाका रूपमा विकासका लागि किसानलाई तालिम, उन्नत जातको बिउ, पशुहरू वितरण गर्ने गर्दै आएका छौँ । कतिपय ठाउँमा पक्की पुल र झोलुङ्गे पुलको पनि माग गर्नुभएको छ । त्यी योजनाहरू हामीले गर्न सम्भव नभएकाले गाउँपालिका, प्रदेश सरकार र संसद्सँग समेत पहलका लागि कुरा गर्ने गरेका छौँ । यो भन्दा जनताले केही ठूला योजनाहरू माग्नुभएको छैन ।

 यो अवधिमा वडाको समृद्धि र जनताको जीवनस्तरलाई माथि ल्याउने केही काम गर्नुभयो ?

पक्कै पनि हामीले वडाको समृद्धि र जनताको जीवन स्तरमा परिवर्तन ल्याउनकै लागि काम गरेका छौँ । हाम्रो वडा कृषि र पशुपालनका लागि सम्भावना भएको क्षेत्र हो । कृषि र पशुपालनलाई पेशालाई आधुनिकीकरण पेशाका रूपमा विकास गर्नका लागि किसानलाई विभिन्न समयमा तालिम दिने र उन्नत जातका बिउविजन दिने काम गरेका छौँ । सिंचाइको व्यवस्था मिलाएका छौँ । गोरक्ष दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल मृत फेला परेका छन् । ३४ वर्षीय डाक्टर धौभडेल काठमाडौंको छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् । केही दिनअघि घर बिदामा काठमाडौं आएका उनी बाथरुपमा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको उनका पति डा.कविराज भण्डारीले प्रहरीसमक्ष बयान दिएका छन् ।कपडाको सलले पासो लगाएर झुण्डिएको […]

(एबिसि संचार )                                                                वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जंगलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ […]

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।