१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

मापदण्ड विपरीत बाटो निर्माण घर घरमा पानी पुग्ने जोखिम

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

(समीर अली बेहना)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा मापदण्ड विपरीत बाटो निर्माण भएको छ । फुल्टेक्रा चोक देखी फुल्टेक्रा स्कुल सम्म जाने बाटोको निर्माण लिएर स्थानीयले असहमति जनाएका छन् । १८ लाख ४४ हजार लगानीमा बनेको नालाले घरभित्र पानी पस्ने जोखिम खडा गरेको छ । करिब ३०० मिटर लामो बाटो निर्माण गर्न स्थानीयको बैठक बसिएको थियो । स्थानीयलाई जानकारी नगराई बैठकमा भएको निर्णयलाई बदर गरिएको छ । उपभोक्ता समिति र वडा कार्यालयले जनचाहना विपरीत नयाँ निर्णय लिइ नाला निर्माण गरेका स्थानीयले बताउँछन् । करिब ३ वर्ष देखी स्थानीयहरुको असहमतिको कारण बाटो निर्माण हुन सकेको थिएन । उपभोक्ता समिति चन्द्रेश्वर राज त्रीपाठिको अध्यक्षता निर्माण भएको बाटोको तहभन्दा माथी नाला बनाएपछि स्थानीयहरुले विरोध जताएका छन् । नाला निर्माण बोर्डमा नाला कति मिटर बन्ने , कति लामो बन्ने कति चौडाई बनाउने लगायतको सूचना उल्लेख गरिएको छैन । स्थानीयको अनुसार उपभोक्ता समिति र वडा कार्यालयले आम नागरिकसंग छल गरेका छन् । स्थानीय बिक्रान्त श्रीवस्तवले नाला मापदण्ड विपरीत बाटो बनाएर नागरिकको भावनासंग खेल्वाड गरिएको बताउनु भयो । उहाँले भन्नु हुन्छ , जसोतसो बाटो निर्माण गर्न नाला बनाउने काम पूरा भएपनि मापदण्ड विपरीत काम भएको छ । बाटोको तहमाथीबाट नाला बनाइएकोले पानी घर भित्र पस्ने जोखिम सृजना भएको छ । वर्षाको पानी नाला मै जम्मा हुँदै आएकोले पानी निकास समेत बन्द भएको छ । उहाँले भन्नु हुन्छ , इन्जिनियर , वडा समिति र उपभोक्ता समितिको मिलोमतोमा मापदण्ड विपरीत निर्माण कार्य भएको छ । बाटो निर्माण गर्दा इट्टा हाल्न नमिल्ने नियम कानून भएपनि बेवास्ता गर्दै इट्टा समेत हालिएको छ । बैठकमा बाटोको दुबै तर्फ भत्काउने निर्णय भएको थियो । जबकी समितिले पक्षपाती गर्दै एकोहोरो कटान गरी छल गरेको श्रीवास्तवले बताउँछन् । श्रीवास्तवले नाला निर्माण कार्यको छानबिन गर्न माग गरेका छन् । श्रीवास्तवले भन्छन् , माग पूरा नभए हामी जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिने छौँ । त्यहाँपनि माग सम्बोधन नभए हामी अदालतमा पुग्ने छौँ ।

त्यस्तै स्थानीय ऋतु सिंहले भन्नू हुन्छ , बाटो फराकिलो हुनुपर्ने ठाउँ कहिँ ५ मिटर कहिँ ६ मिटर सम्म बाटो बनाइएको छ । जबकि नाला निर्माण उपभोक्ता समितिको अध्यक्ष चद्रेश्वर राज त्रीपाठिले भन्नू हुन्छ , नाला सरकारी मापदण्ड अनुरुप नै बनाइएको छ । नाला कहिँ ५ मिटर कहिँ ६ मिटर बनाउन वडा कार्यालय र स्थानीयको सहमति लिएको त्रीपाठिले बताउनु भयो । त्रीपाठिले ५ सय ८० मिटर नाला निर्माण गरेको दावी समेत गरेका छन् ।

जबकी वडा अध्यक्ष समीर प्रताप सिंहले बाटो निर्माण क्रममा अग्लो हुनु स्वाभाविक रहेको जिकिर गर्नु भयो । उहाँले भन्नू कहिँ ५ मिटर कहिँ ६ मिटर बाटो बनाउन स्थानीयबाट सहमति लिएका थियौँ ।

संकल्प डेली न्यूजले यस विषयमा थप खोज गर्दा हितेश भारतीले भन्नू भयो, बाटो निर्माणको लागी असार १ गते बैठक बसि ६ मिटर चौडाई भएको बाटो निर्माण गर्ने स्थानीयले सहमति जनाएको भएपनि ६ मिटर बाटो भित्र पनि १ फिट जति जग्गा बाटो परे नाला मै मिलाएर बनाउन सक्ने बताएका थिए । स्थानीयको अनुसार सहमति भएको बैठकमा उपस्थिति मात्र गराइएको थियो जबकी निर्णय आर्को दिन उल्लेख गरि हस्ताक्षर गराउने वडा सचीवले जानकारी गराउनु भएको थियो । दोस्रो दिन कुनै बैठक नबसि ५ मिटर बाटो बनाउन वडा कार्यालय र नव उपभोक्ता समितिले निर्णय गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]