२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं बल्खुमा ट्राफिकको नयाँ भवनको शिलान्यास गर्दै ट्राफिक प्रमुख :भट्टराई

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुको भवन शिलान्यास गरिएको छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खु १४ हाइटमा ट्राफिकको नयाँ भवनको शिलन्यास ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले गरेका हुन्।

ट्राफिक प्रहरीको कामकाज सहज बनाउनको लागि कुमारी क्लबको संयोजनमा र स्थानीयको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै महाशाखा प्रमुख एसएसपी भट्टराईले नागरिकको साथ सहयोग र मायाले नै ट्राफिक प्रहरी अगाडि बढ्ने बताए। स्थानीयले गरेको यो सहयोग नागरिक प्रहरी सम्बन्धको एउटा गतिलो उदाहरण समेत भएको भट्टराईले बताए।

उनले भने,, ‘समाजमा प्रहरीले गरेको योगदान र माया स्वरूप हामीले भवन प्राप्त गर्दैछौ। समाजप्रति झन उतरदायी र सशक्त रूपमा अगाडि बढ्न र नागरिकले गरेको माया सद्भावनाले ठुलो उत्प्रेरित गरेको छ।’

सडक दुर्घटना न्यूनीकरणदेखि सामाजिक अपराधहरु न्यूनीकरणमा नागरिक प्रहरीको सहकार्य उत्तिकै महत्त्वपूर्ण भएको समेत भट्टराईले बताए।

उपत्यकाको ट्राफिक व्यवस्थापन विगतको भन्दा धेरै कुरामा सहज भएको र नागरिकको यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरी तत्लिन भएको उनको भनाइ छ।

हाल भइरहेको बल्खुमा कक्ष साँघुरो भएकाले क्षमता विस्तारका लागि भवन निर्माण गर्न लागिएको हो। भवन निर्माण कमिट अध्यक्ष ,मोहन कुमार बस्नेतले समज प्रहरी दुवैको सहकार्यबाट समाजमा सव्य र समृद्धि र शान्ति सुरक्षा काय हुने बताए।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, १४ नम्बर वडा सदस्य तथा कार्यापालिका सदस्य रश्मी खड्का, कालिमाटी वृत्त प्रमुख अपिलराज बोहोरा, समाजसेवी तथा युवा नेता दिपेन्द्र केसी, विषेश सल्लाहकार नानू माया बास्तोला, कलंकीका ट्राफिक इन्चार्ज शंकर खड्कालगाएतको सहभागीता रहेको थियो। ट्राफिक प्रहरी सई मिलन सिंहको पहल र क्लबका अध्यक्ष नहकुल हमाल ठकुरीको सहजिकरणमा निर्माण हुन लागेको भवनको लागत अन्दाजी ३५ लाख बराबरमा रहेको छ। एउटा किचनसहित ४ कोठा रहने छन्।नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]