०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

बर्दियामा नुहाउन गएका ३ जना बेपत्ता खोजतलास जारी

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

ABC (क्राईमबिट)
बर्दिया । गेरुवा गाउँपालिका–६ का १२ वर्षिय संजिप विक, उनकी बहिनी ८ वर्षिय दिलमाया विक र राजापुर नगरपालिका–८ का २८ वर्षिय लालता चौधरी बेपत्ता भएका छन् । उनीहरु तीनै जना नुहाउने क्रममा नदीमा बेपत्ता भएका छन् ।

गेरुवा गाउँपालिका–६ का एकै घरका दाजु बहिनी कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् भने राजापुरका –८ का चौधरी बुढी खोलामा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

दाजु बहिनी कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । उनीहरु खेल्न जान्छु भनेर घरबाट निस्केका थिए ।

छोरा छोरी बेपत्ता भएपछि विकको परिवारसहित गाउँ नै शोकमग्न बनेको छ । बेपत्ता बालबालिका र चौधरीको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

प्रहरी र स्थानीयको सहभागितामा खोजी कार्य भईरहेको छ । नदीमा पानी धमिलो रहेकोले जालको सहयोगमा खोजी कार्य भईरहेको बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ ।संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्कालाई पठाइएको छ । सुर्य […]

(एबिसि संचार )                                                              धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार सोमबार साँझ चितुवाले कुकुर लगेको थियो […]

(एबिसि संचार ) नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ?, सहकारी ठगलाई […]