१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन महेश बस्नेतको चुनौती

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेकपा एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन चेतावनी दिएका छन्।

युथ फोर्सको सम्मेलन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै बस्नेतले यहि संसदबाट २ तिहाई पुर्याएर देखाउन चुनौती दिएका हुन्।

उनले युथ फोर्स देउवा सरकार बिरुद्धको संगठन नभएको बताउँदै सरकारले ओली सरकारका निर्णयहरु उल्ट्याउँदै गए सरकार बिरुद्ध खनिने बताए।

आफ्ना कार्यकर्तालाई दुख दिए प्रतिरोध गर्ने र जनताको पक्षमा काम गरेमा सरकार सँग सहकार्य गर्ने बताए।

उनले भ्याक्सीन लगाउने क्रममा बिभेद भए प्रतिरोध गर्ने बताए।

बुद्धिजिवीका नाममा कुनै पक्षको कठपुतली बनेर एमाले बिरुद्ध षड्यन्त्र गर्नेलाई युवा संघले साईवर सेनासँग मिलेर कारबाही गर्ने बताएका छन्।

उनले बिजय कुमार गच्च्छादार १० लाख धरौटीमा छुटेकोमा पनि आपत्ति जनाएका छन्।

अदालतसँगको सेटिङमा गच्छादार छुटेको आरोप समेत लगाए। न्यायालय स्वतन्त्र हुनु पर्नेमा बस्नेतले जोड दिएका थिए।

देउवा परमादेश बाट नभई पञ्चादेशबाट प्रधानमन्त्री भएको बताउँदै आगामी निर्वाचनबाट अत्याधिक मतका साथ पञ्चादेश प्रबृत्तिको अन्त्य गर्ने बताए।

प्रचण्ड दिन प्रतिदिन ओरालो लागेको बताउँदै आगामी निर्वाचनमा एक्लै जितेर देखाउन चुनौती दिएका छन्।

प्रचण्डले देउवा प्रधानमन्त्री भए पछि सुरक्षा फौज थपेकोमा देउवा सरकार आए पछि सुरक्षा खतर बढेको हो भन्दै सुरक्षाकर्मीको दुरुपयोग गरेको आरोप लगाए। khabar24Nepal

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

काठमाडौं । युबराज सफल सम्बन्धी मु**द्दालाई लिएर बह’स च”’र्किएको छ। बरिष्ठ अधिवक्ता सरोज घिमिरे ले सफललाई पक्राउ गर्नुपर्ने माग गर्दै, मु*द्दा दु*रुपयो*ग भएको आशं”का व्यक्त गरेका छन्। घिमिरेका अनुसार मु*द्दा पिडितले मात्र हाल्नुपर्ने हो, तर चर्चामा आउन वा स्वार्थका लागि मु*द्दा हालिएको देखिएको दा*बी गरेका छन्। उनले यस्तो कार्यले न्या*य प्रणाली कमजोर बन्ने बताएका छन्। […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए। संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्। सांसदहरूको […]

error: Content is protected !!