०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन महेश बस्नेतको चुनौती

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेकपा एमालेका सांसद तथा केन्द्रिय सदस्य महेश बस्नेतले राष्ट्रपतिलाई महाअभियोग लगाएर देखाउन चेतावनी दिएका छन्।

युथ फोर्सको सम्मेलन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै बस्नेतले यहि संसदबाट २ तिहाई पुर्याएर देखाउन चुनौती दिएका हुन्।

उनले युथ फोर्स देउवा सरकार बिरुद्धको संगठन नभएको बताउँदै सरकारले ओली सरकारका निर्णयहरु उल्ट्याउँदै गए सरकार बिरुद्ध खनिने बताए।

आफ्ना कार्यकर्तालाई दुख दिए प्रतिरोध गर्ने र जनताको पक्षमा काम गरेमा सरकार सँग सहकार्य गर्ने बताए।

उनले भ्याक्सीन लगाउने क्रममा बिभेद भए प्रतिरोध गर्ने बताए।

बुद्धिजिवीका नाममा कुनै पक्षको कठपुतली बनेर एमाले बिरुद्ध षड्यन्त्र गर्नेलाई युवा संघले साईवर सेनासँग मिलेर कारबाही गर्ने बताएका छन्।

उनले बिजय कुमार गच्च्छादार १० लाख धरौटीमा छुटेकोमा पनि आपत्ति जनाएका छन्।

अदालतसँगको सेटिङमा गच्छादार छुटेको आरोप समेत लगाए। न्यायालय स्वतन्त्र हुनु पर्नेमा बस्नेतले जोड दिएका थिए।

देउवा परमादेश बाट नभई पञ्चादेशबाट प्रधानमन्त्री भएको बताउँदै आगामी निर्वाचनबाट अत्याधिक मतका साथ पञ्चादेश प्रबृत्तिको अन्त्य गर्ने बताए।

प्रचण्ड दिन प्रतिदिन ओरालो लागेको बताउँदै आगामी निर्वाचनमा एक्लै जितेर देखाउन चुनौती दिएका छन्।

प्रचण्डले देउवा प्रधानमन्त्री भए पछि सुरक्षा फौज थपेकोमा देउवा सरकार आए पछि सुरक्षा खतर बढेको हो भन्दै सुरक्षाकर्मीको दुरुपयोग गरेको आरोप लगाए। khabar24Nepal

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार सोमबार साँझ चितुवाले कुकुर लगेको थियो […]

(एबिसि संचार ) नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ?, सहकारी ठगलाई […]

(एबिसि संचार ) सर्लाही प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मोस्टवान्टेड सूचीमा रहेका भारत मोतिहारी घर भएका २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय […]