०६ चैत्र २०८०, मंगलबार
19-03-2024 , Tue
×

पुर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले दूतावास मार्फत दिने

Logo
प्रकाशित शनिबार, साउन ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । हाल भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च सरकारले दूतावास मार्फत दिने भएको छ।

अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने छ।।

यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा लगायतले खनालको उपचार खर्च सरकारले व्यहोर्न नहुने बताएका थिए ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । वडाध्यक्ष गौतमहरि अधिकारीका अनुसार सोमबार साँझ चितुवाले कुकुर लगेको थियो […]

(एबिसि संचार ) नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ?, सहकारी ठगलाई […]

(एबिसि संचार ) सर्लाही प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मोस्टवान्टेड सूचीमा रहेका भारत मोतिहारी घर भएका २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय […]