२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पाल्पा सिद्धबाबा क्षेत्रमा ढुंगा खसेर जिप च्यापिँदा एक जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

(ABC-Sanchar)
पाल्पा । गुडिरहेको जिप माथिल्लो भागबाट खसेको डुंगाले च्यापिँदा सोमबार बेलुकी एक जनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, रामापिथेकस पार्क र सिद्धबाबा बीचमा अचानक माथिल्लो भागबाट ढुंगा खसेर च्याप्दा स्याङजा वालिङ नगरपालिका–११ का २३ वर्षीय आशिष खाँडको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिपका सह–चालक हुन् । खाँडको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

स्याङ्जाको चापाकोट नगरपालिका–५ का चालक डिलु थापा घाइते भएका छन् । लु २ च ७३८७ नम्बरको जिपमा ढुंगा खसेर गाडी च्याप्दा दुवै जना घाइते भएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । स्याङजाबाट बुटवलतर्फ गइरहेको सिंगल क्याब जिपमा अचानक ढुंगा खस्दा उनीहरु घाइते भएका थिए । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]