१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

भक्तपुरमा नक्कली डिसपी बनेर सुनहरू लुटपाट गर्ने एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, साउन २३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । भक्तपुर चागुनारायण नगरपालिका-४ बस्ने ३५ वर्षीय सिताराम गुरुङलाई चावहिलबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सीतारामले आफ्ना सहयोगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पठाएर विदेशबाट फर्किनेहरूको पिछा गर्न लगाउँथे। पछिल्लो समय विदेशबाट फर्किनेहरू धेरैले ५० ग्राम तौल बराबरको सुनको बाला लिएर आउँछन्। त्यस्ता बाला धेरैजसो खाडी मुलुकमा बसेर सुनको काम गर्नेहरुले पठाउँछन्।

सुन बोकेर आउनेहरुलाई सहयोगीले पिछा गरेपछि सीताराम गुरुङ्गले उनीहरु चढ्ने ट्याक्सीलाई बीच बाटोमा रोकेर ‘डिएसपी हुँ’ भनेर चेकजाँच गर्ने गरेका थिए। सहयोगीलाई हवल्दार र असईको भूमिका दिएर चेकजाँच गरेपछि उनको समूह सुन लिएर भाग्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सीतारामको समूहले ६ ठाउँमा त्यसरी सुनका बाला लुटेको थाहा भएको छ। उनले बसपार्क क्षेत्रबाट लुटपाट गरेको जानकारी प्राप्त भएकोले थप अनुसन्धान तथा कारबाही लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज राखिएको प्रहरीले जनाएको छ। नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फागुन २१ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो सांसदहरुलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ खुवाएका हुन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराए। ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका […]

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

error: Content is protected !!