२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिद्धबाबा क्षेत्रमा पहिरोका कारण भएको सवारी दुर्घटनामा ४ जना घाइते

Logo
प्रकाशित मंगलबार, साउन २६, २०७८


(ABC-Sanchar)
बुटवल । पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा पहिरोका कारण भएको सवारी दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् ।
मंगलबार बिहान ११ बजेतिर तिनाउ गाउँपालिकाको हेडबक्स नजिकै माथिबाट खसेको ढुङ्गाले लागि गाडी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दोभानतर्फबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो गाडीमाथि ढुंगा खसेपछि गाडी नै तिनाउ खोलामा खसेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले गाडी दुर्घटनामा परी चार जना घाइते भएको जानकारी दिए। घाइतेहरूलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको पाण्डेले जानकारी दिए। दुर्घटनामा परी पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साका ५४ वर्षीय ?बाबुराम पाण्डे, २२ वर्षीय विनोद पाण्डे, १८ वर्षीय अमित बस्याल र ४२ वर्षीय गङ्गा दराई घाइते छन्। तीमध्ये बाबुरामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]