२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

यात्रुबाहक बस दुर्घटना ३ जनाको मृत्यु, २५ जना घाइते

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

 

(ABC-Sanchar)
काठमाडौँ । सिन्धुपाल्चोकको ठोकर्पाबाट काठमाण्डौँ आउँदै गरेको युत्रुबाहक बस सुनकोशी गाउँपालिका ३ कालिकास्थित मिलडाँडा नजिकै थापगाउँको घुम्तीमा दुर्घटना भएको छ ।

बा ३ ख ८०३० नम्बरको अरनिको यात्रुबाहक बस बुधबार दिउँसो दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ भने कम्तीमा २५ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ९ जनालाई सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचारका लागि लगिएको छ ।

बस दुर्घटनामा २ पुरुषलाई बसले किचिएको थियो । उनीहरुको दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। अर्का एकको भने उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
बसले किचेको शव स्काभेटरको मद्धतले निकालेको डिएसपी बस्नेतले बताए । । बस सडक भन्दा करिब २५ मिटर तल खसेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]