१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

अफगानिस्तानमा तालिबानले एक पत्रकारको हत्या गरेको छन

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८


(एजेन्सी)
टोलो न्युजका पत्रकार जियार खानलाई तालिबानी लडाकुहरुले हत्या गरेका हुन् । उनलाई कुटेर मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख छ । यी पत्रकार अफगानिस्तानमा गरिवीबारे रिपोर्टिङ गर्दै थिए ।

 

केही समयअघि भारतीय पत्रकार दानिश सिद्दिकीलाई तालिबानले गोली हानेर हत्या गरेको थियो ।

काबुल एयरपोर्टमा हमलाको खतरा

काबुल विमानस्थलमा अहिले निकै चिन्ताजनक अवस्था छ । यहाँ अफगानिस्तान छाड्न चाहनेहरुको भिड छ । यसैबीच अमेरिका, अष्ट्रेलिया र बेलायतले विमानस्थलमा हमला हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई काबुल विमानस्थल नजान आग्रह गरेका छन् । विमानस्थल बाहिर बसेका व्यक्तिहरुलाई पनि त्यहाँबाट हट्न निर्देशन दिएका छन् ।

काबुल विमानस्थलको अगाडिको गेट, पूर्वी गेट वा उत्तरी गेटमा रहेकाहरुलाई त्यहाँबाट तत्काल हट्न अमेरिकी दूतावासले निर्देशन दिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]