०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

जिबन जोखिम राख्ने अनुसन्धान अधिकृतमाथि प्रहरी हाकिमको दमन अब्बललाई निमोठिएका अप्रिय कथाहरु..

Logo
प्रकाशित शनिबार, भाद्र १२, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । के छ पुन्टे ? पुष्कर कार्कीलाई आईजीपी बनाउन खुब लागिस् हैन ? प्रहरीमा तँ मात्रै छस् अनुसन्धान अधिकृत ? अब मबाट कुनै आश नगर।’ तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी निरीक्षक दीपेन्द्र अधिकारीलाई आफ्नो कार्यकक्षमा झपारेका शब्द हुन् यी।

मोरङको उर्लाबारी इलाका प्रहरी कार्यालयमा सरुवा माग्न पुगेका अधिकारीलाई खनालले तीतो शब्द प्रयोग गरेर झपारेपछि राजीनामा दिए। लामो समय सादा पोशाकमै त्यो पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) रहेर काम गरेका अधिकारीले ठूला अपराध अनुसन्धानमा नेपाल प्रहरीलाई लागिरहेको ‘दाग’ केही हदसम्म मेट्न सफल भएका थिए। जमिम शाह, फैजान अहमद, सदरुल मियाँ, रणबहादुर बम, गंगाविशन राठी र चन्द्र चुडाल, रानीबारी लगायतका हत्याकाण्ड, जनकपुर बमकाण्ड, बबरमहल बमकाण्ड, बैंककमा तीन नेपाली विद्यार्थीलगायतका अपहरण लगायत घटनाको सफल अनुसन्धान गरेका अधिकारीलाई प्रहरी नेतृत्वबाट ‘स्याबासी’ को साटो गाली र एउटा गुटको सदस्य भनेर आरोप लागेपछि आफू संगठनमा बस्न नसकेको उनी बताउँछन्। उनले सुनौलो नेपालसँग भने, ‘मैले कति ठाउँमा ज्यानको बाजी लगाएर काम गरेँ तर अफ्ठ्यारो परेर सरुवा माग्न जाँदा गालीको पुरस्कार पाएँ। संगठनमा बस्नु अब मेरो भलाई छैन भनेर राजीनामा दिने निर्णयमा पुगेको थिएँ।’
प्रहरी संगठनमा रहँदा अधिकारीले गरेका कामको जस तत्कालीन महानिरीक्षक खनालबाहेक अन्य उच्च प्रहरी अधिकृतहरुले भरपुर मात्रामा लिएका थिए।

अपराधिसँगको सम्बन्धले झन्डै जेलमा
काठमाडौंमा जतिबेला ‘गुन्डाराज’ त्यतिबेला अपरेशनमा हुन्थ्ये डीएसपी कुमुद ढुंगेल। एकताका ढुंगेललाई प्रहरी संगठनमा ‘अण्डर कभर अपरेशन’ किङ भनेर चिनिन्थ्यो।

पूर्व महानिरीक्षकहरु उपेन्द्रकान्त अर्याल, कुवरसिंह राना, पूर्वएआईजी नवराज ढकाल, विज्ञानराज शर्मा, पूर्व डीआइजीहरु रमेश खरेल, नवराज सिलवाल उपत्यकाका जुनजुन युनिटमा इन्चार्ज थिए, ती युनिटमा ढुंगेलको ‘वाहवाही’ थियो। ढुंगेलको सम्बन्ध र सम्पर्क सबै खालका व्यक्तिसँग हुन्थ्यो। जेलमा रहेका कैदीबन्दीसँग समेत सूचनाका लागि ढुंगेलले राम्रो सम्पर्क बनाएका थिए।

तर, जब नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या (२०७५, चैत २६) का मुख्य योजनाकार समीरमानसिंह बस्न्यातसँग उनको कनेक्सन देखियो तब उनको इमान्दारितामा प्रश्न उठ्यो। त्यतिमात्रै होइन रानीबारीमा एक वृद्ध दम्पत्तिको घरमा भएको डाँका घटनामा संलग्न व्यक्तिसँग समेत ढुंगेलको सम्पर्क देखिएपछि त उनका व्यावसायिक कामलाई ‘कालोपर्दा’ ले छोप्यो।

रुपन्देहीमा गुन्डा नाइके मनोज पुनको योजनाबद्ध इन्काउन्टरमा ढुंगेल प्रयोग भएको अड्कल काटियो। परिवारिक नाता भएका बस्न्यातका बारेमा पुनसँग धेरै सूचना थियो। त्यो सूचना बाहिर लिक हुन नदिन उनको इन्काउन्टर भएको आशंका प्रहरीमा त्यतिबेलै भएको थियो। तर, ढुंगेलले आफ्ना साथीसँग पुनकै सूचना लिन बस्न्यातसँग सम्बन्ध बनाउनुपरेको जिकिर गरेका छन्। जबकी तत्कालीन जिल्ला प्रहरी कार्यालयका इन्चार्ज एसपी श्यामलाल ज्ञवालीलाई पुनको इन्कान्उटरपछि मात्रै सूचना दिइएको थियो।
उनका विगतका हर्कतबाट चिढिएका तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालले ढुंगेलविरुद्ध कारबाहीको डण्डा चलाए। २०७६ वैशाख १९ मा तत्कालीन गृहसचिव प्रेमकुमार राईकै निर्देशनमा खनालले आफ्नै संगठनका अधिकृतमाथि अनुसन्धान सुरु गरे। ढुंगेलले कारबाहीबाट जोगिन शक्तिकेन्द्र धाउँदै लुकेर बसेको आरोप पनि खेपे। त्यसपछि उनका गतिविधि झन् शंकास्पद हुँदै गए। डाँका घटनामा अपराधिसँगको सन्देशकै आधारमा ढुंगेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा २०७६ मंसिरमा मुद्दा दर्ता भयो। तर पनि शक्तिकेन्द्रकै आडमा ढुंगेलले २०७७ असारमा आफूलाई साधारण तारखेमा छुटाउन सफल भएको चर्चा अहिले पनि छ। त्यसो त खनालले ढुंगेललाई व्यक्तिगत रिसईबीका कारण फसाउन खोजेको समेत बताइन्छ।
….
सुन र गोरे खोज्दा लोहनी कसरी फसे ?
तत्कालीन एसएसपी दिवेश लोहनी (हाल डीआइजी) अपराध महाशाखाको इन्चार्ज भएको केही समयपछि एउटा गोप्य अपरेशनमा जुटे। अपरेशनको इन्चार्ज थिए, डीएसपी प्रजित केसी। उनका सहयोगी थिए सई बालकृष्ण सञ्जेल। चर्चित साढे ३३ किलो सुन तस्करी र यसका नाइके चूडामणि उप्रेती उर्फ ‘गोरे’ पक्राउको सिलसिलामा उनले केसीको नेतृत्वमा टोली मोरङ पठाए।

तत्कालीन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्द (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त) लाई जानकारी नै नदिइकन अर्का एआईजी (तत्कालीन समयमा निमित्त महानिरीक्षक) बमबहादुर भण्डारीलाई अपरेशनका बारेमा रिपोर्टिङ गरेर टोली मोरङ पठाउनु लोहनीका लािग अभिसाप बन्यो। तत्कालीन समयमा न गोरे पक्राउ परे। न सुन बरामद भयो। भेटियो विमानस्थलका कर्मचारी सनम शाक्यको शव।

‘कोभर्ट अपरेसन’ बारे राम्रै जानकार लोहनीले गोरे खोज्न सनमको शव गाडीमै बोेकेर हिँडेका केसी र सञ्जेललाई त तत्कालीन समयमा बचाउन सकेनन्। न कि आफू नै कारबाहीबाट जोगिन सके। उल्टै तीनै जनालाई दोषी करार गरेर जेल हालियो। गोरे भगाउन खोजेको आरोप उनीहरुलाई लागेको थियो। मोरङ जिल्ला अदालतमा मुद्दा चल्यो। पूर्पक्षमा तीनै जना जेल चलान भए। विराटनगर उच्च अदालतले २०७५ भदौ २९ मा तीनै जनालाई जेलबट साधारण तारेखमा छाड्न आदेश दिएपछि उनीहरु पुनर्वहाली भएर काममा छन्। भावी प्रहरी नेतृत्वमा हेरिएका लोहनी डीआइजीमै चित्त बुझाएर अवकाशमा जानुपर्ने
बाध्यता छ। उनले सुनौलो नेपालसँग भने,‘अतितलाई म सम्झना चाहन्न। सबै कुरा घामजतिकै छर्लङ्ग छ।’

….
प्रमाण संकलन गर्दा उल्टै मेटाएको आरोप अनुसन्धानमा अब्बल मानिने मध्येका अर्का प्रहरी अधिकृतको नाम हो डीएसपी अंगुर जिसी। उनले भोगेका पीडा कम छैनन्।
स्रोत सुनौलो नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]