०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बर्दिया र बाँकेमा मोटरसाइकल दुर्घटनामा हुँदा २ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

ABC (क्राईमबिट)
बर्दिया । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ बिस्कोरियन टोलमा प्रदेश ०२–२६ प ५५३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका–८ सितलाबजार बस्ने २१ वर्षीय वसन्त पौडेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगञ्ज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बर्दियाको गुलरियामा भएको दुर्घटनामा पनि एक जनाको ज्यान गएको छ । शनिबार राति गुलरिया नगरपालिका–४ तुलसीपुरमा भे १ त ३६९८ नम्बरको ट्याक्टरले भे ६ प ६७०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिका–४ बेतईपुर बस्ने ४३ वर्षीय गुलगुल थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]