२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बर्दिया र बाँकेमा मोटरसाइकल दुर्घटनामा हुँदा २ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८

ABC (क्राईमबिट)
बर्दिया । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ बिस्कोरियन टोलमा प्रदेश ०२–२६ प ५५३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका–८ सितलाबजार बस्ने २१ वर्षीय वसन्त पौडेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगञ्ज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बर्दियाको गुलरियामा भएको दुर्घटनामा पनि एक जनाको ज्यान गएको छ । शनिबार राति गुलरिया नगरपालिका–४ तुलसीपुरमा भे १ त ३६९८ नम्बरको ट्याक्टरले भे ६ प ६७०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिका–४ बेतईपुर बस्ने ४३ वर्षीय गुलगुल थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]