१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

देश बिदेशको पिडालाई छिचोल्दै संघर्षमा उत्रिएका संघर्षशिल युवा केडी शर्माको कथा

Logo
प्रकाशित बुधबार, भाद्र ३०, २०७८


(सागर थापा)
दाङ । एक घरपरिवार सानैदेखि बाबा आमा अनि छोरा छोरी गरि ८ जनाको सुन्दर परिवार जसमा ४ दिदिहरु लाई मैले राम्ररी अनुभव गर्न नपाउदै उनीहरुको बिबाह हुन्छ।बाबा भारतीय आर्मीबाट अवकाश पाइसकेको हुनुन्छ अनि मेरो एक दाइ र म माथि दुई वटा दिदिहरु हुनुन्छ भने म घर को सबैभन्दा प्यारो कान्छो छोरो हुन्छु बाबाको काख प्यारो र काख नछाड्ने अत्यन्तै प्यारो छोरा म नै हुन्छु तर बाबा त्यति बेला दमको बिरामी हुनुहुन्छ सधै बाबालाई दबाइ खुवाउनु पर्दथ्यो ,एकदिन को कुराहो मेरो बाबा यो संसार लाई छोडी गै सक्नुहुन्छ त्यती बेला मेरो साइली दिदिको बिबाह भएको करिब एक बर्ष पूरा भैसकेको हुन्छ।म त्यति बेला ६ बर्षको अन्जान बालक थिए बुवाको मृत्यु हुदा सबै घरपरिवार रुने गर्थे मलाई चाहिँ केही फरक परेन मेरो आमानी खुसुखुसी रुवाइराख्नु भाकोथियो तर त्यति बेला बाबालाइ काध थाप्ने मेरो दाइ नै हुनुहुन्थ्यो दाइ पनि खासै उमेर धेरै नभएकोले होला खासै जिम्मेवारि हुनुन्थेन म जसरी गाउँमा हुर्कदै बढ्दै गय म ५ कक्षामा पढ्ने समय तक मेरो दाजुको साथ सहयोग पाय तर दाजुले नि एक दिन हामिलाइ चट्क्कै घरपरिवार बिर्सेर आफू बालब्रहमचाय बन्ने निर्णय गरेको मलाई आजजस्तै लाग्छ हुन त मेरो दाइको निर्णय त्यतिबेला उहाँलाई ठिक थियो होला तर घरपरिवारलाई चाहिँ हेर्न केही थिएन नभन्दै मेरोदाइ घरबाट हिंड्नुभयो र दाइ हुनत साधै धर्म गर्न उदेश्यले निस्कनु भयो तर हामिहरु भने सधै एक्लो जस्तो अनुभव गर्थेम ।मलाई सधै यहि तनाब हुने गर्थे र म पढ्ने को मलाइ कसैले साथ सहयोग गर्ने को नै छ र ! तर जेनतेन रोइकराइ म आफ्नो विद्यालयको पढाइ सकाइ सक्दा सम्म मेरो घरको ऋणले मलाई सधै तनाव दिन्थ्यो त्यति बेला नै म माथिको दिदिको बिवाहा गर्नुपर्यो र पछि उहाँको बिबाह नि सकाइयो त्यसपछि मेरो घरमा म र मेरो आमा मात्र हुनुन्थ्यो। म माथी आर्थिक जिम्मेवारी थपिदै जादा मैले धेरै पढ्न सकिन ,मैले निर्णय गरे मेरो घरको अवस्था एकदम नाजुक छ मलाई यो जिम्मेवारी मेरो दाइ र मेरो बाबाले छोडेर जानुभएको छ। न मलाइ रातिमा निन्द्रा लाग्थ्यो न त दिनमा भोक नै मैले मेरो साहुहरुको ऋण सबै सकेर समाजका लागि केही गर्नुपर्छ र समाजमा बाच्न लायक बन्नु छ भन्ने कुरा मेरो मनमा सधै घुमिरहन्थो। नभन्दै म एकदिन एकजोडि कपडा लगायर भारत जाने निर्णय गरे र म भारत तर्फ अगि बढे अनि जसोतसो भारत त पुगे म तर नचिनेको ठाँउ अनि बोल्न नि खासै नजानिने अनि म नोकरी खोज्दै हिडे र संयोग ले गाउँ को एकजना दाजु हुनुहुदो रह्रेछ र उहाँ संग मेरो भेट भयो अनि त्यो दाजुलाई सबैकुरा सुनाए र तलाइ एउटा घरमा कामलगाइ दिन्छु भनेपछि मेरो मन अलि खुसी त भयो फेरि कस्तो काम हो केके गर्न पर्नी हो आफुलाइ केही थाहा छोइन भन्नी कुरा पनि मन भरी आइराख्यो र काम गर्न भन्दै म एक घरमापुगे मलाइ ६००० तलब दिन्छु भनेपछि हुन्छ भनेर मैले तेहा बडारबुडुर अनि पोछा लगाउनी भाडा माज्ने लगायत सबैकाम गर्न थाले र त्यो घर को साहुले मलाइ निकै मन पराउन थाल्यो र त्यपछी म घर जानुपर्छ भनेर एक बर्संको कमाइ जम्मा ७२००० लियर हिडे र म घरमा आमालाई अब म कमाउम लाय हजुर नआत्तिनु म छु अब सबै ऋण तिर्छु भनेर आमालाई बिश्वास दिलायको कुरा मलाइ आज जस्तै लाग्छ । अनि उता बाबाको पेन्सनबाट आउनु पर्न पूरा रकम पनि नाम गडबडी को कारण ले ३३%मात्र पेन्सन आमालाइ मिल्थ्यो र त्यो पैसाले आमा ले आफुलाइ खाना खर्च पनि जेनतेन बल्लतल्ल पुर्याउनु हुन्थ्यो ।त्यसपछि म केही दिन घर बसेपछी फेरि भारत तर्फ फर्किए र मैले अब घरमा काम नगर्न निर्णय लिइसकेको थिए म भारत आइसके पछि मेरो दाजुहरुले एउटा होटेलमा भाडा माज्ने कामलगाइदिनु भएको कुरा आज पनि मलाइ राम्रो सङग याद छ ! भाडा माज्दा -माज्दा अलि केही कुरा बुझ्न थाले र अब म अलि अलि खाना पनि बनाउन सिक्नुपछ र म यो होटेल लाइन छोड्दिन भन्ने कुरा मनमा आयो तर मलाई त्यो होटेलका साथिले किचनमा भन्दा तेरो लागि बाहिर सर्भिसमा राम्रो हुन्छ भनेपछी म सर्भिस मै काम गर्न निर्णय गरे र मलाइ ११००० तलब दिने भनेपछि झन खुसी भय त्यस पछि करिब ९ बर्ष तक निरन्तर भारतमा नोकरि गरे र त्यति बेला कमाउदै जम्मा गरेको पैसा सबै साहुहरुलाइ दिदा थिक्क हुन्थ्यो र साहुहरुले पनि ब्याज स्याज गरेर धेरै रकम सुनाउने गर्दथे र सबै ऋण तिरेर सकेपछी म बिदेश जाने सोच बनाउछु र सोच बनायको १ बर्ष पछि खाडी मुलुकको एउटा राम्रो होटेल को न.१ इन्डियन बारमा कामगर्न अबसर पाउछु र निरन्तर काम गरिरहेको हुन्छु अनि काम गरेको एकबर्स पुगेपछि तेहाको रार्ष्ट्रिय पर्व रमझान आउँछ र त्यहा १ महिना बिदा हुनेचलन छ त्यो समयमा ठिकै पैसा कमायर घर फर्किन्छु अनि घर आइसकेपछि मलाइ आमाले बिहेको प्रस्ताव गर्नुहुन्छ कि म यक्लै भय अबत बिहे नि गर्नु पर्छ भनेर अनि म एकदमै अचम्मित हुन्छु किनकी त्यो समयमा मलाई बिहेको कुनै सोच अनि लक्ष्य नै हुदैन फेरि म मेरि आमा लाई भन्छु आमा म अर्को साल आएर बिहे गरम्ला अहिले गर्दिन भन्दा आमाले मलाई भन्नुहुन्छ कि त बिहे गर होइन भनी म घर समाल्न नसक्ने भय उमेर पनि बढ्दै गयको र आमाको एक्लोपन देखेर आमाको कुरालाई काट्न नसकेर म बिहे गर्न पुग्छु र बिहे गरेको १८ दिनमै फेरि उहिपुरानो खाडी मुलुकमा पुग्छु यसै गरि मेरो राम्रै जीवन चलिरहेको हुन्छ र बिदेश गयको ४ बर्ष पूरा हुदामैले अब स्वदेशमै आफ्नो केही गर्नुपर्छ भनी नेपाल फर्कन्छु अनि पोखरा गयर एउटा रेस्टुरेन्ट खोल्छु तर के गर्नु भुइचालोको बेला भएको क्षतिले त्यो समय त्यहा कुनै चहलपहल नभएकोले होला त्यहाको ब्यापार सारै निरास पुर्ण थियोे अनि ३ महिना सम्म निरन्तर होटेल सन्चाल गर्न त्याहाको बस्तु स्थिति देख्दा छोडिदियर फेरि मेरो पाइलाहरु इन्डिया तिर नै लम्किरहेको हुन्छ अनि इन्डिया पुगेर ४ तारे होटेल को रेस्टुरेन्ट को ब्यबस्थापक को जिम्मेवारी ले काम गर्ने अबसर पाउछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  ABC (क्राईमबिट) धनगढी । शनिबार साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ। […]

  (ABC-Sanchar) रोल्पा । जब बर्षा गर्न आकाश जोडले गडगडाउँछ मानिसहरु डराएर भित्र लुक्न थाल्दछ्न् म प्रेमले हृदय खोलेर स्वागत गर्न आतुर हुन्छ। जव चारैतिर आकाश तेजले मिल्कन थाल्दछ म आफु भित्र त्यस्तै तेजोमय प्रकाश देख्दछु। जब पानीको बर्षात हुन्छ म त्यसरी स्पर्स गर्न निस्कन्छु जसरी मुर्झाएका बृक्षहरु तड्पिएका हुन्छन् झरीले जाडो भगाउन जब मानिसहरु […]

ABC (क्राईमबिट)                                                    काठमाडौं । शिक्षाको उच्चतम तयारीका लागि यहाँ गर्नुपर्ने संघर्ष र खर्चको कथा असामान्य छ। अझ कमजोर आय भएका परिवारले सन्ततीलाई राम्रो शिक्षाका लागि कति संघर्ष गर्नुपर्छ भन्ने विषय […]