२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौं बाट पोखरा जादै गरेको कार त्रिशुलीमा खस्दा ३ जना वेपत्ता

Logo
प्रकाशित शुक्रबार, आश्विन ०८, २०७८

काठमाडौं । मुग्लिन नजिकै नाग्दिखोला स्थित पृथ्वी राजमार्ग काठमाण्डौबाट पोखरा जाँदै गरेको कार शुक्रबार राति १२ : ३० बजे दुर्घटना भई त्रिशुली नदीमा कार खस्दा तीनजना बेपत्ता र एक जना घाइतेको उद्धार गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले दिएको जानकारीअनुसार काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुलीमा खोलामा खस्दा कारमा सवारी चारजना मध्ये तीनजना बेपत्ता र एकजना खोलाबाट उद्वार गरिएको जनाइएको छ।
दुर्घटनामा उद्धार गरिएको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ७ बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ‌।
त्यसैगरी सो दुर्घटनामा बेपत्ता भएकाहरूमा कास्की, पोखरा महानगरपालिका वडा नं ७ का अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, ५५/६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]