१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

काठमाडौं बाट पोखरा जादै गरेको कार त्रिशुलीमा खस्दा ३ जना वेपत्ता

Logo
प्रकाशित शुक्रबार, आश्विन ०८, २०७८

काठमाडौं । मुग्लिन नजिकै नाग्दिखोला स्थित पृथ्वी राजमार्ग काठमाण्डौबाट पोखरा जाँदै गरेको कार शुक्रबार राति १२ : ३० बजे दुर्घटना भई त्रिशुली नदीमा कार खस्दा तीनजना बेपत्ता र एक जना घाइतेको उद्धार गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले दिएको जानकारीअनुसार काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुलीमा खोलामा खस्दा कारमा सवारी चारजना मध्ये तीनजना बेपत्ता र एकजना खोलाबाट उद्वार गरिएको जनाइएको छ।
दुर्घटनामा उद्धार गरिएको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ७ बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ‌।
त्यसैगरी सो दुर्घटनामा बेपत्ता भएकाहरूमा कास्की, पोखरा महानगरपालिका वडा नं ७ का अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, ५५/६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]