१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

६६ औं प्रहरी दिवसको अवसरमा कोहलपुरका प्रहरी प्रमुख डिएसपी खनालसहित २६ परष्कृत

Logo
प्रकाशित बुधबार, आश्विन २०, २०७८


(सागर थापा)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ६६ औ प्रहरी दिवसको अवसरमा उत्कृष्ठ काम गरे वापत २६ जना प्रहरीहरु पुरस्कृत भएका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनाल सहित जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् ।

पुरष्कृतहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो । सोही समारोहमा नेपाल प्रहरीलाई विभिन्न कोणबाट सहयोग पु¥याउने नागरिक समाजलाई पनि पुरस्कृत गरिएको छ ।
यस्तै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिका पनि विमोचन गरिएको बाँके प्रहरीले जनाएको छ । कार्यक्रममा अमर प्रहरीप्रति श्रद्धा सुमन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १० गणेशमान चोकस्थित नेपालगञ्ज भन्सार सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा प्रवर्द्धनका लागि संयुक्त लापसे परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा गरिएको परीक्षणमा ४० वटा सवारीका चालक तथा सह-चालकलाई ड्रग […]

दाङ । घोराही उपमहानगरपालिका–१६ मघैस्थित प्रगतिशील टोल विकास संस्थाले गाउँमा रातको समयमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा कायम गर्न युवाहरूको सहभागितामा ‘मघै गाउँ सुरक्षा समिति’ गठन गरेको छ। टोल विकास संस्थाका अध्यक्ष मुनुलाल चौधरीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा सम्पन्न गाउँलेहरूको भेलाले सुरक्षा […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको छ।