२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङको देउखुरीमा रहेको पक्की पुल भत्कियो आवात जावत थप्प

Logo
प्रकाशित बिहिबार, कार्तिक ०४, २०७८

(ABC-Sanchar)
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा देखि वडा नम्बर ६ पत्थरगढवा जोड्ने दोलाई खोलामा बनाइएको पक्की पुल भाँसिएको छ । लगातरको वर्षाले मंगलवार राती आएको बाढीले पुलको पिलर भाँसिए पछि आवात जावत बन्द भएको छ ।

पुलको दक्षिण तर्फ लगाईएको होमपाइप समेत बगाएको छ । पुल भाँसिए पछि स्थानीयहरुलाई नदी वारपार गर्न कठिनाइ भएको छ । पत्थरगढवा, सगरापुर, बगरपुर, लठ्ठहवा, पहरुवा आउने जानेहरु सिसहनियाँ बजार भएर जानु पर्ने बाध्यता भएको छ । १५ मिनेटमा पत्थरगढवा पुग्नेहरुलाई घण्टौ हिडेर जानुपर्ने वा महगो भाडा तिरेर अटो प्रयोग गरी आवतजावत गर्नु परेको पत्थरगढवा गाउँ अगुवा भिमबहादुर चौधरीले बताए ।

२०५५÷०५७ साल तिर तत्कालिन सिसहनियाँ गाविस अध्यक्ष शिवा शर्माको पालामा ९ वटा पिलरले पुल बनेको छ । मोटरसाइलक र स्थानीयहरुलाई आवत जावत गर्न सो पुल बनाइएको छ ।

पुल निमार्ण भएकै बेला गुणस्तरीय मेट्रियल प्रयोग नभएकाले पुल त्यती बेला देखि नै कमजोर अवस्थामा रहेको थियो । अहिले सो पुलको रेलिङ सवै चोरी भएको छ । अन्य पिलर पनि भाँसिने अवस्थामा रहेको छ । भने पुलको छत समेत चिराचिरा परेको स्थानीयहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]