२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा बस दुर्घटना हुँदा २१ जना घाईते १ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, कार्तिक ०७, २०७८


(ABC-Sanchar)
दाङ । घोराही तुलसीपुर सडक खण्डमा बस दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बेलुुका घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । गाडीमा सवार २१ जना घाईते भएका छन भने एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा घोराही उपमहानगरपालिका १० कटुकी बस्ने बर्ष २८ का प्रेम परियार रहेका छन् । घाईतेलाई उपचारको लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । घोराही–तुलसिपुर जोड्ने फोरलेन सडक अस्तब्यस्त हुनुका साथै सडक भत्किएका कारण साघुरो हुँदा सामान्य ब्रेक लगाउदा सडक छेउमा पल्टिएर बस दुर्घटनामा परेको एसपि काफ्लेले बताउनुुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]