(ABC-Sanchar)
सल्यान । जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–२ धावपानिखोला स्थित सल्लिबजार चौरजहारी जाने सडक खण्डमा सल्यान मर्मपरिकाडाबाट नेपालगंज बाके तर्फ जादै गरेको भे।१।ज।९३० नं।को महेन्द्रा बलेरो जिप दुर्घटना हुंदा १२ जना घाइते भएका हुन्।
दुर्घटनामा परि कुमाख गाउँपालिका–२ निवासी ३६ वर्षिय बुध्दि थापा, २१ वर्षिय दुर्गा खत्री र ३२ वर्षिय लोकमाया पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए।
यस्तै सामान्य घाइते हुनेमा चालक कुपिण्डे नगरपालिका– ४ बस्ने २४ वर्षिय लाल बहादुर बुढा, गाडी साहु, कुमाख गाउँपालिका–२ बस्ने बर्ष ३३ को पुर्ण बहादुर बुढा, कुमाख–१का २९ वर्षिय बिशाल बिक, ३० वर्षिय ईन्द्र बहादुर चन्द, बनगार कुपिण्डे ४ का २९ वर्षिय पिपर बुढा ,सिद्ध कमाख गाउँपालिका– ४ का २१ वर्षिय दिल बहादुर चालउने, उनकी श्रीमति २० वर्षिय दुर्गा चलाउने , २ वर्षिय छोरा प्रशान्त चलाउने र कैलाली लम्कीचुवानगरपालिका–३ का २८ वर्षिय देब बहादुर बस्नेत रहेका छन्।
सल्यान बनगाड कुपिण्डेनगरपालिका–४ बस्ने २४ वर्षिय लाल बुढाले चलाएको महेन्द्रा बलेरो जिप सडक बाट अन्दाजी ६० मिटर तल खसेको छ।