२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको कोइलाबासमा बस दुर्घटना २५ जना घाइते केहीको अबस्था घम्भिर

Logo
प्रकाशित आइतबार, कार्तिक २१, २०७८

(ABC-Sanchar)
दाङ । लमही कोइलाबास हुलाकी सडकमा बस दुर्घटना हँुदा २५ जना भन्दा बढि घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट पिकनिक खान भनी हिडेका गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास चारखम्बा नजिकै ना ४ ख ४३५९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार २५ जना भन्दा बढि यात्रु घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

भैलो खेलेर संकलित रकमबाट घोराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट ४३ जनाको समुह कोइलाबास पिकनिक खान भनी हिडेको थियोे । घाइतेहरूको नाम ठेगान भने अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

। घाइतेहरूको उद्दारमा इलाका प्रहरी कार्यालय गढवा, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट –वि.ओ.पी) कोइलाबास, सीमा प्रहरी चौकी कोइलाबास, गढवा गाउँपाफिका वडा नम्बर ५,६,८ का वडाध्यक्षहरू खटिएका छन्े छ । घाइतेहरूलाई उपचारको लागि लमही अस्पतालमा रिफर गरिए छ । बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]