२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जुम्लामा जीप दुर्घटना ९ जना घाइते

Logo
प्रकाशित शनिबार, मंसिर ०४, २०७८

(ABC-Sanchar)
जुम्ला । पातारासी गाउँपालिकास्थित ल्होर्प–उर्थु सडक खण्डमा आज ३ बजेतिर गाडी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सो गाउँपालिकाको डिल्लीचौर लासीबाट सदरमुकाम खलङ्गा बजार आउँदै गरेको जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल जुम्लाका प्रमुख प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताए ।

घाइते आठजनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरी बल जुम्लाका प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिष्ठानका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको प्रतिष्ठानको आकस्मिक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]