१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दाङमा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा २ जना गम्भीर घाइते

Logo
प्रकाशित सोमबार, मंसिर १३, २०७८

(मेगमन बुढा)

दाङ । पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ७ हसनापुर देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोकिँएर दुर्घटना हुँदा योगी र चौधरी गम्भीर घाइते भएका छन् ।

त्यस्तै घाइते हुने हरुमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अन्दाजी ३२ वर्षका सरद योगि र लमही नगरपालिका वडा नम्बर ८निवासी वर्ष २० का शिवलाल चौधरी रहेको लमही वडा प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख रन्जित आचार्यले जानकारी दिनु भयो ।

उनिहरु सवार रहेको बा ५३ प ९९३६ र लु १३ प ३६७८ नम्बरको मोटरसाइकल बेलुका ६ बजेर ४५ मिनेटको समयमा एक आपसमा ठोकिँदा योगि र चौधरी गम्भीर घाइते भएका हुन् ।

यसैगरी घाइ दुई मध्य योगिको अबस्था गम्भीर रहेको छ भने चौधरीको मध्यम रहेको अस्पतालले जनाएको छ । लमही स्थित फलोरेन्स अस्पतालमा सामान्य उपचार पछि,योगीलाई तत्काल नेपाल गन्ज रिफर गरिएको थियोे । चौधरीको आँखा सामुन्ने धेरै चोट लागेर रगत बगिरहेको हुँदा आँखामा केही समस्या भएकि भन्ने आसङ्काले आँखा अस्पताल भैरहवामा आँखा,टाउकोको सिटि स्क्यान गर्नलाई रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]