२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

दाङमा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा २ जना गम्भीर घाइते

Logo
प्रकाशित सोमबार, मंसिर १३, २०७८

(मेगमन बुढा)

दाङ । पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ७ हसनापुर देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोकिँएर दुर्घटना हुँदा योगी र चौधरी गम्भीर घाइते भएका छन् ।

त्यस्तै घाइते हुने हरुमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अन्दाजी ३२ वर्षका सरद योगि र लमही नगरपालिका वडा नम्बर ८निवासी वर्ष २० का शिवलाल चौधरी रहेको लमही वडा प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख रन्जित आचार्यले जानकारी दिनु भयो ।

उनिहरु सवार रहेको बा ५३ प ९९३६ र लु १३ प ३६७८ नम्बरको मोटरसाइकल बेलुका ६ बजेर ४५ मिनेटको समयमा एक आपसमा ठोकिँदा योगि र चौधरी गम्भीर घाइते भएका हुन् ।

यसैगरी घाइ दुई मध्य योगिको अबस्था गम्भीर रहेको छ भने चौधरीको मध्यम रहेको अस्पतालले जनाएको छ । लमही स्थित फलोरेन्स अस्पतालमा सामान्य उपचार पछि,योगीलाई तत्काल नेपाल गन्ज रिफर गरिएको थियोे । चौधरीको आँखा सामुन्ने धेरै चोट लागेर रगत बगिरहेको हुँदा आँखामा केही समस्या भएकि भन्ने आसङ्काले आँखा अस्पताल भैरहवामा आँखा,टाउकोको सिटि स्क्यान गर्नलाई रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]