२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

लमजुङमा शिक्षक विद्यार्थी चढेको जिप दुर्घटना ३ जनाको मृत्यु ९ जना घाइते

Logo
प्रकाशित बिहिबार, मंसिर २३, २०७८


(ABC-Sanchar)
लमजुङ । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जlप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

‘शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको छ,’ सीडीओ वैद्यले भने, ‘९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’

घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताए । घटनास्थलमा प्रहरी भइरहेको र स्थानीयले घाइतेको उद्धार गरेको उनले जानकारी दिए ।

जिपमा १६ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका वडानम्बर ८ भुस्मे भन्ने ठाउँमा जीप पल्टिएको हो । मर्स्याङ्दी गाउँपालिका-८ को खुँदी सिमपानी भन्ने ठाउँबाट भुस्मेतर्फ जाँदै जिप पल्टिएको र उनीहरू पिकनिक खानका लागि हिँडेको जानकारीमा आएको लमजुङका डीएसपी कृष्ण कार्कीले जानकारी दिए ।अनलाइनखबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]