२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

जुवाडेको चेक फिर्ता प्रकरणमा एसएसपी अशोक सिंह र डिएसपीमाथि छानबिन सुरु

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । जुवाडेसँग बरामद भएका चेक आरोपीलाई नै फिर्ता गरेको घटनामा एसएसपी र डिएसपीमाथि छानबिन सुरु भएको छ । काठमाडौं प्रहरीका तत्कालिन प्रमुख एसएसपी अशोक सिंह तथा डिएसपी नरेन्द्र चन्दमाथि छानबिन सुरु भएको हो ।

गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन थालेको छ । छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ सदस्य छन् ।

सिन्धुलीका राजकुमार बरालको उजुरीका आधारमा छानबिन सुरु भएको हो । बराल साथी सुभाष भेटवालको अफिसमा गत असोजमा तास खेल्न गएका थिए । त्यहाँ आफ्नो चेक हराएको र भेटवालले दुई करोड २३ लाख फरेर पैसा दाबी गरेको पीडितको भनाई छ ।

बरालकै उजुरीका आधारमा प्रहरीले छानबिन थालेकोमा पछि भेटवालको पक्ष लिएर उनलाई पैसा दिन भन्दै दबाब दिएको थियो । पछि चेक समेत भेटवाललाई नै फिर्ता दिएपछि विवाद भएको हो। जसमा बरालले गृह मन्त्रालयमा उजुरी दिएका थिए ।

आरोपीको पक्ष लिने डिएसपी चन्द हाल जुम्लामा कार्यरत छन् । मुद्दा शाखामा हुँदा उनले यस्ता अन्य घटनामा पनि एकपक्षीय निर्णय गरेर पैसा कमाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!