२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

सिके रावतको जनमत पार्टी बाँकेले पूर्वपश्चिम राजमार्ग अनिश्चितकालीन बन्दको घोषणा

Logo
प्रकाशित शुक्रबार, पुष १६, २०७८

(ABC-Sanchar)
बाँके । जनमत पाटी बाँकेले प्रेस विज्ञप्ती जारी गर्दै तराई मधेशका जिल्लाहरूमा पूर्वपश्चिम राजमार्ग अनिश्चितकालीन बन्द रहने अवहान गरेको जनमत पार्टी बाँकेले जनाएको छ।

जनमत पार्टीको नेतृत्वमा विभिन्न जायज माग लिएर करिव एक हप्ता देखि किसानको पक्षमा आन्दोलन भईराखेको तर सरकारले हालसम्म पुर्ण बेवास्था नगरेकोले उक्त निर्णय गरेको हो।

किसानको माग अनुसार मन्त्रीस्तरीय/ उच्च स्तरीय वार्ता टोली गठन नगरेको, किसान आन्दोलनको ज्ञापन पत्र लिन समेत सरकारको कार्यालयले अस्वीकार गरेको,उल्टा आन्दोलनकारी माथि ब्यापक बल प्रयोग गरेको, दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको, आन्दोलनकारीको अङ्गभङ्ग हुने गरी कुटपिट गरेको, किसान माथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको र किसान आन्दोलनको ७ बुँदे माग मध्ये कुनै पनि पुरा नगरेको जनमत पार्टीले थप आन्दोलन कार्यक्रमको निर्णय गरेको हो।

कार्यक्रममा २०७८ पुष १५गते बिहीबार देखि तराई मधेशका जिल्लाहरुमा पूर्व पश्चिम राजमार्ग दिवा-कालको लागी अनिश्चितकालीन बन्द गर्ने र २०७८ पुष १५ गते बिहीबार देखि नै तराई मधेशका जिल्लाहरुमा संघीय मन्त्रीहरु उपस्थित रहने कार्यक्रममा बिरोध प्रदर्शन गर्ने जनमत पार्टी बाँकेले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!