२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

पोर्चुगल पठाइदिन्छु भनी विभिन्न ब्याक्तीबाट ४० लाख ठगी गर्ने २ पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २२, २०७८


ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति रु १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक रु एक लाख कमाइ हुन्छ भनी उनीहरुले चार जनासँग १० लाखका दरले रु ४० लाख लिएर ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!