२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

बाँकेको ट्राफिक प्रमुखमा हिमालय शाह दुर्घटना न्यूनीकरण पहिलो प्राथमिकता

Logo
प्रकाशित शुक्रबार, पुष २३, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जमा पछिल्लो समय दुर्घटना निकै बढेपछि दिउँसै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो आए पछी । जाडोयाम दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाइ गर्ने भएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव दुई सातापछि शुक्रवार कोहलपुरमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै बाँके जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिमालय शाहले दुर्घटना न्यूनीकरण पहिलो प्राथमिकता भएको जानकारी दिए ।

जाडो मौसममा दिउँसै मापसे गर्ने गरेको पाइएपछि यसअघि साँझको समयमा हुँदै आएको सरप्राइज चेकिङलाई दिउँसो समेत गरिने जानकारी दिए । उनले अटो रिक्सा, ई रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर ई रिक्सा दर्ताको काम भइरहेको पनि जानकारी दिए ।

नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने उनको भनाइ छ । अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाइ गरिने उनले बताए ।

भएको जनशक्ति र स्रोतसाधनको उपयोग गरेर दुर्घटना न्यूनिकरणको प्रयास गरिने उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महशुस गराउने प्रतिबद्धतासमेत जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!