२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

मानव कल्याण समाज दाङको मुट्ठिदान संकलन अभियान तथा घरदैलो कार्यक्रम

Logo
प्रकाशित आइतबार, पुष २५, २०७८


(सागर थापा)
दाङ । घोराही उपमहानगर पालिका वडा नम्बर १४ अन्तर्गत रहेका टोल बिकास सस्था र आमा समुहरुको अगुवाइमा आज सम्पन्न भएको मुट्ठीदान संकलन अभियान तथा घरदैलो कार्यक्रमबाट नगद रु.४७१७७/- (सत्चालीस हजार एक सय सतहत्तर रुपैयाँ मात्र) साथमा ज्याकेट ६ थान, स्वेटर ६ थान, कुर्ता १२ थान, सुरुवाल ६ थान, पैन्ट १० थान, हुक्स ४ थान, मोजा ७ जोर, टोपी ३ थान, जुत्ता ८ जोर, थानको कपडा ६ थान, चामल १ बोरा १० केजि, दाल, नुन, बिस्कुट, चाउचाउ आदि सप्रेम प्राप्त भएको छ । मानव कल्याण समाज दाङका अभिभावक तथा वडा नम्बर १४ का वडा अध्यक्ष आदरणिय श्री शक्तिराम डागीज्युको प्रमुख आतिथ्यता, वडा शदस्य लक्ष्मण बुढाज्युको विशेष आतिथ्यता र टोल बिकास सस्थाका अध्यक्ष आमा समुहका अध्यक्ष तथा प्रतिनिधिज्युहरु, वडा स्तरिय सक्षम आमा समुहको अध्यक्ष तथा प्रतिनिधिज्युहरुको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलय, जिल्ला ट्राफिक कार्यलय समेतको महत्वपुर्ण भुमिका रहेको थियो । यस मानवताप्रेमी कार्यमा मेचिमहाकाली युवा अभियानका अभियन्ता, ब्रम्हकुमारी इश्वरिय बिध्यालयबाट ब्रम्हकुमार र कार्यक्रमलाई उत्साहबर्द्धन गर्न आदरणिय Abhash Budhathokiज्युको पनि उपस्थिती रहेको थियो ।
बिहान ११:०० बजे Manav Kalyan Samaj Dangको प्राङणबाट प्रमुख अतिथिज्युको हातबाट दिप प्रज्ज्वलन गरि सुरु भएको अभियानमा प्रमुख अतिज्युले नै दान पात्रमा सहयिग रकम खसाली दिप शिखा चोक, घोराही चोक, ट्राफिक चोक, बैंक रोड हुँदै बस पार्कमा पुगेर कार्यक्रम समापन भएको थियो ।
यस महत्वपुर्ण र एेतिहासिक कार्यक्रमलाई सफल बनाउन साउण्ड सिस्टमको व्यवस्था गरि सौजन्य गर्नुहुने स्वर्गद्वारी टोल बिकास सस्थाका अध्यक्ष आदरणीय श्री Tara Khadka दिनभरी निशुल्क अटोको व्यवस्था गर्नुहुने झिगौरा टोल बिकास सस्थाका अध्यक्ष बल बहादुर चौधरीज्युलाई हार्दिक साधुवाद अर्पण गर्दछौ ।
मानवीय सेवालाई थप सहज अनि सरल बनाउन मानव कल्याण समाज (सेवा घर) लाई सहयोग पुर्‍याउनुहुने सेवा घरका शुभचिन्तक परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत सकारात्मक मनका धनी हजुरहरुलाई धेरै धेरै साधुवाद एंव सुस्वास्थ्य दिर्घायु अनि उत्तरोतर प्रगतिको अनगिन्ती शुभावना ब्यक्त गर्दछौं।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]