०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबारमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणमा

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८

(ABC-Sanchar)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका छन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय समितिले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले माघ २०८२ मा जारी गरेको विज्ञप्तिमार्फत विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक माग अघि सार्दै बन्द आह्वान गरेको हो। पार्टीका अनुसार आसन्न फागुन २१ गते हुने संसदीय चुनाव साम्राज्यवादी डिजाइन अन्तर्गत अघि बढाइएको दाबी गर्दै उक्त चुनाव स्थगित […]

काठमाडौं । आसन्न निर्वाचनका लागि सरकारले भर्ना गरेका एक लाख ५० हजार निर्वाचन प्रहरी मैदानमा खटिएका छन् । कतिपयले निर्वाचन प्रहरीको पोशाक पाइसकेका छन् भने कतिपय जिल्लाहरुमा पाउने क्रम जारी रहेको छ । विभिन्न जिल्लाका प्रहरीका युनिटहरुले भर्ना गरेका निर्वाचन प्रहरीलाई सम्बन्धित प्रहरी इकाइहरुले खटाउँछ । निर्वाचनका लागि भर्ना गरिने सुरक्षा कर्मीलाई यसअघि म्यादी प्रहरी […]

रोल्पा । तालिमका क्रममा निर्वाचन प्रहरीलाई कु*ट्ने दुई प्रहरीजवान कार*बाहीमा परेका छन् । रोल्पामा प्रशिक्षणका क्रममा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि बिनाकारण कु*टपिट गर्ने प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्ती मगरलाई विभागीय कार*बाही गरिएको छ । प्रशिक्षणका क्रममा यी दुईले सोमबार बेलुकी कुट*पिट गरेपछि १६ जनालाई उपचारका लागि अस्पताल नै पुर्याउनु परेको […]

error: Content is protected !!